विज्ञापन

दुर्गालक्ष्मीका प्रधानाध्यापक शिवराज जोशीलाई भावबिहल विदाई, बोल्दा बोल्दै यसरी भक्कानिए

विज्ञापन
Image
विज्ञापन

अत्तरियाः  दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालय, अत्तरियाका प्रधानाध्यापक शिवराज जोशी औपचारिक रूपमा आजदेखि सेवा निवृत्त भएका छन्। विद्यालयमा लामो समयसम्म समर्पित रहेर शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएका जोशीलाई विद्यालय तथा समुदायले विशेष सम्मानका साथ मर्मस्पर्शी भाव बिहल रूपमा विदाई गरेका छन्।

विद्यालय व्यवस्थापन समितिको आयोजनामा आयोजित बिदाई समारोहमा सहकर्मी शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय परिवार र स्थानिय समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले जोशीले शिक्षण मात्र होइन, शैक्षिक नेतृत्व, अनुशासन र सामाजिक समन्वयको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गरे।

oplus_2

वि.सं. २०२४ साल फागुन १९ गते डोटी जिल्लाको तत्कालीन गाँजरी गाविस (हाल पूर्वीचौकी गाउँपालिका–६) मा जन्मिएका जोशीले वि.सं. २०४६ साल पौष १६ गते कैलालीकै ग्वासी माध्यमिक विद्यालय, मालाखेतीबाट शिक्षण सेवा प्रारम्भ गरेका थिए। शिक्षणमा निरन्तरता दिँदै उनले वि.सं. २०६० सालमा प्रधानाध्यापक पदमा पदोन्नति पाए। त्यसपछि २०७१ साल बैशाख २४ गते दुर्गा लक्ष्मी माविमा सरुवा भई उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका थिए। शिक्षाशास्त्रमा दक्ष जोशी नेपाली विषयका कुशल शिक्षकसमेत रहनुभएको थियो।

oplus_32

विदाई समारोहमा जोशीलाई अबिर, माला र सम्मानपत्रसहित सम्मानित गरिएको थियो। त्यसपछि विद्यालय स्काउट टोलीसहित उनलाई बजार परिक्रमा गराई सम्मानपूर्वक घरसम्म पुर्‍याइएको दृश्य निकै भावुक बनाएको सहभागीहरूले बताएका छन्।

oplus_0

शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले आँखा रसाउँदै जोशीको योगदानप्रति कृतज्ञता प्रकट गरेका थिए। समारोहमा सहभागी स्थानीय प्रतिनिधिहरूले शिक्षामाथिको सम्मान र शिक्षकप्रतिको श्रद्धा झल्किने खालको विदाई कार्यक्रमले सम्पूर्ण समुदायमा सकारात्मक सन्देश दिएको बताए।

oplus_2

विद्यालय परिवारले उहाँको सेवाको स्मरण गर्दै भविष्यको जीवन सुखद, स्वस्थ र सम्मानपूर्ण रहोस् भन्ने शुभकामना समेत व्यक्त गरेको छ।

oplus_2
oplus_0
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन