विज्ञापन

छठ पर्वका लागि मोहना नदी किनार सिँगारिँदै, २२ लाख खर्चमा भव्य तयारी

विज्ञापन
Image
विज्ञापन

कैलालीको धनगढीस्थित मोहना नदी किनार छठ पर्वको स्वागतका लागि आकर्षक रूपमा सिँगारिँदै छ। छठ पूजालाई व्यवस्थित र भव्य बनाउन घाट क्षेत्रमा सरसफाइ, सजावट तथा पूजास्थल व्यवस्थापनको काम तीव्र पारिएको छ। पर्व नजिकिएसँगै आयोजक समितिले तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ।

छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार यस वर्ष पनि धार्मिक अनुष्ठानसँगै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। शनिबार डान्डिया नृत्यलगायतका कार्यक्रम र आइतबार विशेष सांस्कृतिक प्रस्तुति राखिएको छ। साथै झाँकी, नृत्य र भजनले घाट क्षेत्रलाई थप उत्सवमय बनाउने तयारी छ।

पर्व व्यवस्थापनका लागि यस वर्ष करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष मण्डलले जानकारी दिए। स्थानीय सरकारले सहयोग गर्दै आए पनि अन्य निकायबाट अपेक्षित सहयोग नपाएको समितिको गुनासो छ। भक्तजनबाट प्राप्त सहयोगकै आधारमा आवश्यक व्यवस्थापन मिलाइरहेको उनले बताए।

छठ पर्वमा व्रतालुहरू निर्जल व्रत बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ। सूर्यदेव र छठी माताको पूजा आराधना गरी परिवारको सुख, शान्ति तथा समृद्धिको कामना गरिने यस पर्वमा पछिल्लो समय सबै समुदायको सहभागिता बढ्दै गएको छ।

धार्मिक आस्था र मनोकामना पूरा हुने विश्वासका साथ सुदूरपश्चिमका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत श्रद्धालुहरू मोहना घाट पुग्ने गरेका छन्। यसले धनगढीको मोहना घाटलाई छठ पर्वको प्रमुख धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्दै लगेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन