कैलालीको गोदावरी नगरपालिका–८ स्याउले बजारमा यही चैत ३० गतेदेखि ‘टिम–११ संस्कार क्रिकेट लिग’ आयोजना हुने भएको छ। संस्कार विद्याश्रम मन्टेश्वरी स्कुलको आयोजनामा हुन लागेको यो प्रतियोगितालाई टिम–११ काठमाण्डौले प्रायोजन गर्नेछ।
आयोजक रामचन्द्र शाहीका अनुसार, धनगढीमा लगातार आठ वर्षसम्म सफलतापूर्वक सम्पन्न ‘लिटल फ्लावर प्रिमियर लिग’पछि अब स्याउले बजारलाई खेलमार्फत चिनाउन नयाँ प्रतियोगिता आयोजना गरिएको हो।
पुरस्कार तथा विशेषता:
📌 विजेता टिम – नगद रु. १,११,१११, ट्रफी, मेडल र प्रमाणपत्र।
📌 उपविजेता टिम – नगद रु. ५५,५५५, ट्रफी, मेडल र प्रमाणपत्र।
📌 सर्वोत्कृष्ट खेलाडी – नगद रु. ५,५५५, ट्रफी, मेडल र प्रमाणपत्र।
📌 उत्कृष्ट बलर, ब्याटर र उदयमान खेलाडी – नगद रु. ३,५५५, ट्रफी, मेडल र प्रमाणपत्र।
📌 प्रत्येक खेलका प्लेयर अफ द म्याच – नगद रु. १,०००, ट्रफी, मेडल र प्रमाणपत्र।
📌 फाइनल खेलको प्लेयर अफ द म्याच – नगद रु. २,०००, ट्रफी, मेडल र प्रमाणपत्र।
शाहीका अनुसार, प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ। कुल १२ टिम सहभागी हुने यस प्रतियोगिताका लागि दर्ता शुल्क रु. १२,००० निर्धारण गरिएको छ। प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढिरहेको जनाइएको छ।












