विज्ञापन

गोदावरीका थप ४ ठाउँमा हाइमास्ट लाइट बले सँगै सडक खण्ड झिलिमिली

विज्ञापन
विज्ञापन

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका अन्तरगत अत्तरिया बसपार्क, मालाखेती चोक, स्याउले बजार र लालपुर बजारमा हाइमास्ट लाइटद्वारा बत्ती बले सँगै सडक खण्ड झिलिमिली बनेको छ ।

झिलिमिली पार्नका लागि ADB अन्तरगत क्षेत्रीय सहरी विकास परियोजना धनगढीको सहयोगमा ८० लाखको लगानीमा हाइमास्ट लाइट जडान गरेको हो ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग र खुटिया – दिपायल सडकखण्डको केन्द्र मानिएको स्याउले बजारमा हाइमास्ट लाइट जडान भए सँगै यस ठाउँका स्थानिय ब्यापारी देखि पैदल यात्रीको माग अनुसार समयमै काम सम्पन्न गर्नाले सबैलाई सहजता भएको जानकारी नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

यस बजारमा रातको समयमा हुने आवतजावतमा सहजता ल्याउन, अँध्यारोमा घट्नसक्ने अप्रीय घटना न्यूनीकरण गर्न र रात्रिकालीन उद्योग तथा व्यापार व्यवसायहरूलाई प्रवर्द्धन गर्न तथा सहरको सौन्दर्य अभिवृद्धि गर्न हाइमास्ट लाइट अपरिहार्य रहेको नगर प्रमुख भट्टले बताएका छन । यसै चोकको बिचमा सानो आकारको पार्क बनाएको र सडक दुर्घटनाको जोखिम कम गर्न रिफलेक्टर समेर राखिएको बनाएका छन ।

गोदावरी नगरपालिकाको महेन्द्र राजमार्गमा पर्ने सडक खण्ड अन्तरगत बाक्लो बस्ती र जनघनत्वलाई मध्यनजर मालाखेती चोक, अत्तरिया बसपार्क, लालपुरचोक लगायत ठाउँमा एकै साथ हाइमास्ट लाइट जडान गर्न सफल भएको जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

चोकहरुमा लाइट जडान गरेर नगरलाई सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गरे । उनले स्याउले चौराहमा सडक फराकिलो पार्ने विषयमा पनि पहल भईरहेको बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन