विज्ञापन

अत्तरियामा खुल्यो ७ करोड लगानीमा सुविधा सम्पन्न ‘होटल सत्कार’

विज्ञापन
Image
satkar
विज्ञापन

अत्तरियाः कैलालीको अत्तरियामा होटल सत्कार नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । होटल व्यवसायी संघकी केन्द्रिय उपाध्यक्ष एवम् गोदावरी होटल व्यवसायी संघकी निर्वतमान अध्यक्ष धना देवी चोखालले होटल सत्कार नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएकी हुन् ।

गोदावरी नगरपालिका वडा नम्बर २ स्थीत अत्तरिया बसपार्कको विपरीत साइडमा सञ्चालनमा आएको होटल सत्कारको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले आज एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

होटलकी सञ्चालक चोखालले झण्डै ७ करोडको लगानीमा होटललाई नयाँ व्यवास्थापनसहित सुरु गरेको बताईन् । जग्गा खरिद,भवन निर्माणसहितका कामहरुमा झण्डै ७ करोड रुपैँया लगानी गरिएको उनले बताइन् । ६ करोड भन्दा बढी खर्च भइसकेको र अझै फिनिसिङको केहि कामहरु बाँकि रहेको उनले बताईन् ।

होटलमा एसी,डिलक्ससहितका १२ कोठाहरु,मिटिङ हल रहेका छन् । चोखालले होटल सत्कार २०६३ सालदेखी सञ्चालन गर्दै आइरहेकी छिन्

कार्यक्रममा गोदवरी-१का अध्यक्ष एवम् नगर प्रवक्ता गोपादत्त भट्ट, हाेटल व्यावसायी महासघं नेपालका केन्द्रिय सदस्य तथा हाेटल व्यावसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पान्डे,महासचिव आभिष कुमार चन्द, इलाका प्रहरी कार्यलय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा,एमाले प्रदेश कमिटी सदस्य गाेकर्ण भट्ट, गोदावरी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, महासचिव शंकर खड्का ,गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष मोहम्मद नैमुदिन भाट, गाेदावरी हाेटल व्यावसायी संघका अध्यक्ष लक्ष्मण धामी , महिला तथा बालबालिका सेफ हाउसकि अध्यक्ष जानकी मलासी लगाएत विभिन्न संघ तथा व्यवसायीहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन