विज्ञापन

कञ्चनपुरमा १६औँ राष्ट्रपति रनिङ शिल्ड भोलिदेखि, ११४ जना कृष्णपुरका खेलाडीहरू वेदकोट प्रस्तान

विज्ञापन
Image
विज्ञापन

नरेन्द्र महरा/ कञ्चनपुर: १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८३ मा सहभागी हुन कृष्णपुर नगरपालिकाका १ सय १४ जना खेलाडीहरू आज बेदकोट नगरपालिका स्थित सिसैया रहेको भुवनेश्वरी माध्यमिक विद्यालय, कञ्चनपुरतर्फ प्रस्थान गरेका छन्। प्रतियोगितामा विभिन्न विधामा सहभागी हुने खेलाडीहरूलाई नगरपालिकाले एक विशेष कार्यक्रमका बीच शुभकामना तथा सफलताको कामना सहित बिदाइ गरेको हो।

कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझा ले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र स्वस्थ जीवनशैली विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रतियोगिताका दौरान खेलाडीहरूलाई कुनै चोटपटक लागेमा नगरपालिकाको तर्फबाट ३ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराइने जानकारी दिँदै खेलाडीहरूलाई निर्धक्क भएर उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। नगरपालिकाले खेल क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च बनाउन निरन्तर सहयोग गर्दै आएको पनि उनले उल्लेख गरे।

जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूको आवतजावत सहज बनाउन शैक्षिक संस्थाहरूले समेत महत्वपूर्ण सहयोग गरेका छन्। जे.भी एकेडेमी र महाकाली माध्यमिक विद्यालय ले आफ्ना विद्यालयका स्कुल बस उपलब्ध गराई खेलाडीहरूको यातायात व्यवस्थापनमा सहकार्य गरेका हुन।

नगरपालिकाले उक्त सहयोगप्रति विद्यालय प्रशासनलाई धन्यवाद ज्ञापन गरेको छ। प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, शिक्षक तथा अभिभावकहरू उत्साहित देखिएका छन्। कृष्णपुर नगरपालिकाका खेलाडीहरूले जिल्लास्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नगरको गौरव बढाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन