विज्ञापन

कैलाली जिल्लामा कार्य सम्पादनमा गोदावरी नगरपालिका पहिलो

विज्ञापन
Image
विज्ञापन

अत्तरिया कार्य सम्पादन मूल्याङ्कनमा कैलालीमा गोदावरी नगरपालिका पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार गोदावरी नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ६३.३३ अङ्क प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको जानकी गाउँपालिकाले ६२.०३ अङ्क प्राप्त गरेको छ ।

कार्य सम्पादन मूल्याङ्कनमा कैलालीमा सबैभन्दा कम अङ्क कैलारी गाउँपालिकाले प्राप्त गरेको छ । कैलारीले ४४.१९ अङ्क मात्रै पाएको छ । त्यस्तै टिकापुरले ४६.७० अङ्क पाएको छ । गौरीगङ्गाले ५६.२६ अङ्क पाएको छ । कार्यसम्पादन मूल्याङ्कनमा धनगढी उपमहानगरपालिकाले ५६.६० अङ्क पाएको छ ।

यसैगरी, जोशीपुर गाउँपालिकाले ४९.५० अङ्क, चुरे गाउँपालिकाले ५१.९४ अङ्क, बर्दगोरीया गाउँपालिकाले ५२.७२ अङ्क, मोहन्याल गाउँपालिकाले ५४.५५ अङ्क, भजनी नगरपालिकाले ५०.१४ अङ्क र लम्किचुहा नगरपालिकाले ५६.८७ अङ्क प्राप्त गरेको छ । त्यस्तै घोडाघोडी नगरपालिकाले ५१.७३ अङ्क प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचक राखिएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन