विज्ञापन

कैलालीको गोदावरी नगरपालिकाद्वारा गौशालाका पशुका लागि भुस सहयोग गर्न अपिल

विज्ञापन
Image
विज्ञापन
अत्तरियाः  कैलालीको गोदावरी नगरपालिकाले नगरभित्रका छाडा पशु चौपाया व्यवस्थापनका लागि निर्माण गरिएको गौशालामा आहारको अभाव भएपछि किसानहरूलाई भुस सहयोग गर्न आग्रह गरेको छ।
नगरपालिकाको वडा नं. ७ स्थित गोलादेउ सामुदायिक वन, लालपुरमा निर्माण गरिएको गौशालामा रहेका पशुहरूका लागि आहार (भुस) को आवश्यकता परेकाले नगरपालिकाले एक सूचना जारी गर्दै सहयोगको अपिल गरेको हो।
अहिले गहुँ काट्ने सिजन सुरु भएको र कतिपय किसानहरूले गहुँ काटिसकेपछि बाँकी रहेको भुस नष्ट गर्ने वा जलाउने गरेकाले त्यसो नगर्न नगरपालिकाले अनुरोध गरेको छ। बरु, उक्त भुस गौशालामा रहेका असहाय पशुहरूको आहारका लागि नि:शुल्क उपलब्ध गराई पुण्य कमाउन नगरपालिकाले इच्छुक किसानहरूलाई आग्रह गरेको छ।
सहयोगका लागि सम्पर्क व्यक्तिहरू:
भुस सहयोग गर्न चाहने इच्छुक किसान वा व्यक्तिहरूले नगरपालिकाद्वारा तोकिएका निम्न व्यक्तिहरूलाई सिधै सम्पर्क गर्न सक्नेछन्:
  • श्री दिलिप कुमार साउँद: ९८५८४२७४२८
  • श्री प्रमल सिंह महरा: ९८४८७३९९८२
  • श्री एकराज कडेल: ९८६५६६०३३१
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्वारा हस्ताक्षरित सूचनामा छाडा पशु चौपायाको उचित व्यवस्थापन र संरक्षणमा सहयोग पुर्‍याउनु सबैको दायित्व भएको उल्लेख गरिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन