विज्ञापन

जेन्जी आन्दोलनको क्षतिबाट पुनर्जागरण: प्याब्सन गोदावरीको सहकार्यमा शिक्षा शाखा नयाँ स्वरूपमा सञ्चालनमा

विज्ञापन
Image
विज्ञापन

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा जेन्जी आन्दोलनपछि क्षतिग्रस्त बनेको शिक्षा शाखा पुनः व्यवस्थित रूपमा सञ्चालनमा आएको छ। भौतिक संरचना र कार्यालय सामाग्रीमा क्षति पुगेपछि ध्वस्त बनेको सेवा प्रवाह अब पुनर्निर्माण सम्पन्न भएसँगै नियमित हुने भएको छ।

प्याब्सन गोदावरी नगर कमिटीको सक्रिय पहल, समन्वय र व्यवस्थापनमा शाखाको पूर्ण पुनर्निर्माण गरी औपचारिक रूपमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो। पुनर्निर्माण कार्यमा संयोजक वीर बहादुर कडायत सँगै प्याब्सन गोदावरी नगर कमिटी अध्यक्ष मदन जोशी लगायतको टिमले नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो।

प्याब्सन गोदावरी नगर कमिटी अध्यक्ष मदन जोशीले शिक्षा प्रशासन सुदृढ हुनु सम्पूर्ण विद्यालय र विद्यार्थीको हितमा रहेको उल्लेख गर्दै भने, “शिक्षा शाखा नगरको शैक्षिक मुटु हो। यसको पुनर्स्थापना हामी सबैको साझा दायित्व थियो, त्यसैले निजी तथा संस्थागत विद्यालयहरू एकजुट भएर अघि बढ्यौं।”

पुनर्स्थापना व्यवस्थापन संयोजक वीर बहादुर कडायतले पुनर्निर्माण कार्य छोटो समयमै सम्पन्न गरिएको जानकारी दिँदै भने, “क्षतिग्रस्त अवस्थाले सेवा प्रवाहमा असर परिरहेको थियो। समन्वय, पारदर्शिता र सहकार्यका कारण समयमै काम सम्पन्न गर्न सफल भयौं।”

पुनर्निर्माण अभियानमा १६ विद्यालयको उल्लेखनीय सहयोग रहेको छ। सहयोग गर्ने विद्यालयहरूमा सत्यवती एकेडेमी कैलाली, होलील्याण्ड एकेडेमी सेकेन्डरी स्कुल, लोटस आई एकेडेमी, खप्तड विद्या निकेतन, पुष्पाञ्जली ई.बो. स्कूल, एभरेष्ट एकेडेमी, किड्स जोन एकेडेमी, गोदावरी पब्लिक स्कूल, ज्ञान ज्योती सेकेन्डरी स्कुल, साधनापथ एकेडेमी, सक्षम पाठशाला, वेस्टर्न जेनियस एकेडेमी, जनकल्याण सेकेन्डरी स्कुल, सुनगाभा मोडेल स्कुल, ज्ञानदीप विद्या निकेतन र जनकल्याण एकेडेमी रहेका छन्।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले शिक्षा क्षेत्र नगरको प्राथमिकतामा रहेको उल्लेख गर्दै संरचना पुनःस्थापना हुनु सकारात्मक उपलब्धि भएको बताए। उनले सहयोग गर्ने सम्पूर्ण विद्यालय, संघसंस्था तथा व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गरे।

पुनर्निर्माणसँगै शिक्षा शाखाबाट प्रदान हुने प्रशासनिक सेवा अब अझ व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ।

हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख शारादा देबी रोकाया, प्रमुख प्रशासकिय अधिकृत धर्मराज बिनाडी, शिक्षा शाखा प्रमुख प्रयाग राज जोशी, शिक्षा शाखाकै बिश्नु अबस्थी लगायत पालिका कर्मचारी तथा प्याब्सन गोदावरी कमीटी पदाधिकारी, शिक्षकहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन