कैलाली क्षेत्र नं. ४ मा फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि १७ राजनीतिक दलका उम्मेदवार र १ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार अत्तरिया स्थित निर्वाचन अधिकृतको कार्यालयमा ¥यालीसहित उम्मेदवारी दर्ता गर्ने क्रम चल्यो।
नेपाली कांग्रेसबाट गोरख बहादुर विष्ट (आनन्द) ले वारिसनामामार्फत उम्मेदवारी दर्ता गरेका छन्। नेकपा एमालेबाट लेख राज भट्ट, नेपाल कम्युनिस्ट पार्टीबाट हरि राम चौधरी, र राष्ट्रिय स्वतन्त्र पार्टीबाट खेमराज कोईरालाले पनि औपचारिक रूपमा उम्मेदवारी दर्ता गरे। खासगरी रास्वपामा बिहान हरि प्रसाद रेग्मीले उम्मेदवारी दर्ता गरे पनि साँझ पार्टी सभापति रबी लामिछानेको निर्णयअनुसार कोइरालालाई आधिकारिक उम्मेदवार घोषणा गरिएको छ।
यसैबिच, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल रजवार, नागरिक उन्मुक्ति पार्टीबाट धन बहादुर सुनार, राष्ट्रिय जनमोर्चा पार्टीबाट हेम राज भट्ट, माओवादीबाट भक्त बहादुर शाही, मितेरी पार्टीबाट दिनेश कुमार मल्ल, र अन्य दलका ५–६ उम्मेदवारहरूले पनि आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। स्वतन्त्र उम्मेदवारमा छत्र बहादुर भट्ट खत्री समावेश छन्।
उम्मेदवारहरूले ¥यालीसहित निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्दा निर्वाचन क्षेत्रमा उत्साह र चहलपहल देखिएको थियो। राजनीतिक दलका उम्मेदवारहरूले प्रदेश र क्षेत्रको विकास, युवा सशक्तिकरण, र स्थानीय समस्याको समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
कैलाली–४ मा यस पटकको चुनावमा प्रतिस्पर्धा धेरै रंगीन र घम्साघम्सीपूर्ण हुने देखिन्छ, जसले मतदातामा चुनावको प्रतिक्षा बढाएको छ।














