विज्ञापन

सुदूरपश्चिम महोत्सवको १९ औँ संस्करण भोली देखि : अर्थमन्त्री रामेश्वर खनाल उद्घाटन गर्ने

विज्ञापन
Image
विज्ञापन

धनगढीः सुदूरपश्चिम प्रदेशकै ठूलो आर्थिक र व्यापारिक उत्सवका रूपमा परिचित १९ औँ सुदूरपश्चिम महोत्सवको उद्घाटन आगामी भोली हुने भएको छ। उद्घाटन समारोहमा अर्थमन्त्री रामेश्वर खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जानकारी दिएका छन्। महोत्सव धनगढी–१, पशुपति टोलस्थित खुला मैदानमा कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुनेछ।

उद्घाटन अघि टफिक चौराहदेखि बाँजा–गाजा झाकी सहित र्याली निकालिने कार्यक्रम तय गरिएको छ। महोत्सवमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना, विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, समाजसेवी र पत्रकारहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाए।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर राज ओझाका अनुसार महोत्सवले सुदूरपश्चिमको उद्योग, व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ। “स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता प्रवद्र्धन र आर्थिक गतिशीलता बढाउने हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष ओझाले भने।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका उद्योग–व्यवसाय स्टल, कृषि उत्पादन प्रदर्शनी, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, पर्यटनसम्बन्धी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जन, खेलकुद र बाल उद्यानसमेत समावेश रहनेछ।

आयोजकको विश्वास छ कि महोत्सवले स्थानीय रोजगारी सिर्जना, व्यापार प्रवद्र्धन र आर्थिक गतिविधि बढाउनेछ। हजारौँ दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ। सुरक्षा, सरसफाइ, पार्किङ र ट्राफिक व्यवस्थापनका लागि स्थानीय प्रशासन र सुरक्षानिकायसँग सहकार्य गरिएको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन