विज्ञापन

सुदूरपश्चिम महोत्सवको टिकट अब इ-सेवाबाटै उपलब्ध हुदै

विज्ञापन
Image
विज्ञापन

आगामी मंसिर २२ गतेदेखि सुरु हुन लागेको ‘सुदूरपश्चिम महोत्सव’को टिकट अब इ–सेवामार्फत सजिलै किन्न सकिने भएको छ। लामो लाइनमा बस्ने झन्झट हटाउन कैलाली उद्योग वाणिज्य संघले डिजिटल माध्यमबाट टिकट बिक्री सुरु गर्न लागेको हो।

संघका कार्यकारी अधिकृत दिनेश ओझाले महोत्सवका लागि इ–सेवालाई अफिसियल टिकट पार्टनरको रूपमा चयन गरिएको जानकारी दिए। उनले भने, “अब दर्शकले घरमै बसेर सहज रूपमा टिकट किन्न सक्नेछन्।” महोत्सवको अफिसियल पार्टनर शिखर इन्स्योरेन्स रहेको छ।

अहिलेसम्म महोत्सव स्थल निर्माण कार्य करिब ५० प्रतिशत सम्पन्न भइसकेको छ भने स्टल बुकिङ करिब ८० प्रतिशत पूरा भइसकेको संघले जनाएको छ।

सुदूरपश्चिम महोत्सवमा व्यापार, पर्यटन, संस्कृति र मनोरञ्जनसँग सम्बन्धित विविध कार्यक्रम आयोजना हुने छन्। डिजिटल टिकट प्रणालीको सुरुवातसँगै सहभागी दर्शकहरूलाई सुविधा मिल्ने र महोत्सव अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन