विज्ञापन

यसपालीको दशैंमा मनसुन सक्रिय, दसैँ यात्रुका लागि तीन दिनको मौसम पूर्वानुमान जारी

विज्ञापन
Image
विज्ञापन

दसैँको चहलपहलसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको संख्या दिनानुदिन बढ्दैछ। तर, मनसुन अझै सक्रिय रहेकाले वर्षा र पहिरोका कारण यात्रा प्रभावित हुन सक्ने भएकाले यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिनसम्मकै मौसम पूर्वानुमान विश्वसनीय हुने बताइएको छ भने दसैँ लक्षित विशेष बुलेटिन पछि जारी गरिनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान:

मंगलबार (आज): देशभर भारी वर्षाको सम्भावना न्यून। कोशी, मधेस र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षा, तराईका कतिपय स्थानमा मध्यम वर्षा सम्भावित। कोशी र बागमतीका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने।

बुधबार: कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा। लुम्बिनी र अन्य पहाडी भूभागमा थोरै स्थानमा वर्षा, तराईमा मध्यम वर्षा सम्भावित। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना।

बिहीबार: भारी वर्षाको सम्भावना न्यून। अधिकांश स्थानमा हल्का वा मध्यम वर्षा मात्रै हुने अनुमान।

विभागले यात्रामा निस्कनुअघि मौसमसम्बन्धी पछिल्लो जानकारी लिन, सम्भावित अवरोधबारे सचेत रहन र आवश्यक सावधानी अपनाउन यात्रुहरूलाई अनुरोध गरेको छ। यसरी सचेत भएर मात्रै यात्राले सुरक्षित र सहज हुने विभागको भनाइ छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन