विज्ञापन

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्षमा ओझा र स्वाँरबीच प्रतिस्पर्धा,यी हुन स्वाँर प्यानल क्यान्डिडेट

विज्ञापन
Image
विज्ञापन

कैलाली उद्योग वाणिज्य संघको भदौ २८ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ। नयाँ नेतृत्वका लागि व्यवसायीहरू आ–आफ्नो पक्षमा माहोल बनाउन सक्रिय बनेका छन्।

अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र पूर्वमहासचिव रुपेश स्वाँरबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै स्वाँर समूहले आफ्नो प्यानल र घोषणापत्र सार्वजनिक गरेको थियो।

“व्यवसाय र व्यवसायीको सुरक्षा : हाम्रो प्रतिबद्धता” नारासहित सार्वजनिक घोषणापत्रमा व्यवसायीलाई दैनिक देखिने कठिनाइ समाधान गर्ने, कानुनी तथा प्रशासनिक समस्या सम्बोधन गर्ने, युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने तथा बैंक, वित्त, कर र भन्सारसँग सम्बन्धित चुनौती समाधानका लागि ठोस पहल गर्ने उल्लेख गरिएको छ।

स्वाँर प्यानलले घोषणा गरेका पदाधिकारी र उम्मेदवार यसप्रकार छन् :

पद उम्मेदवार नाम
अध्यक्ष रुपेश स्वाँर
वरिष्ठ उपाध्यक्ष केशवराज जोशी
उद्योग उपाध्यक्ष लक्ष्मणराज पन्त
एसोसियट उपाध्यक्ष अनिलकुमार भुजनिया
वाणिज्य उपाध्यक्ष राधिका चौधरी
वस्तुगत उपाध्यक्ष सिद्धराज पनेरु
महासचिव सुरेश पाण्डेय
कोषाध्यक्ष तिलक बोहरा
सचिव प्रकाशकुमार चन्द
सदस्य रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरतबहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपेश राठोर, अमर चोखाल, प्रमिला पाठक, मन्जु भट्ट

स्वाँर ०७५ को निर्वाचनमा पनि अध्यक्षका प्रत्याशी बनेका थिए तर पुष्पराज कुँवरसँग पराजित भएका थिए। यसपटक भने ओझा र स्वाँरबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। ओझाले भोलि पत्रकार सम्मेलनमार्फत आफ्नो प्यानल र घोषणापत्र सार्वजनिक गर्ने जनाएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन