विज्ञापन

धनगढीको सफाइ क्रान्ति: प्लास्टिक प्रतिबन्धदेखि फोहोरमैला व्यवस्थापनसम्म

विज्ञापन
Image
विज्ञापन

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी सहर पछिल्ला वर्षहरूमा सफाइ व्यवस्थापनमा अनुकरणीय उदाहरण बनेको छ। प्लास्टिक निषेध, नियमित सरसफाइ, वृक्षारोपण र फोहोरको पुनःप्रयोगमार्फत धनगढी चिटिक्क, हराभरा र सुन्दर देखिन्छ।

धनगढीको छ लेन सडकदेखि मुख्य र सहायक सडकहरूसमेत सफासुग्घर छन्। सडकबीचको मिडियनमा रोपिएका फूल र रुखले शहरको सौन्दर्यमा थप आकर्षण थपेका छन्। नगरबाट निस्कने फोहोरको व्यवस्थापनबाट आर्थिक लाभसमेत भइरहेको छ।

धनगढी उपमहानगर–२ का हरिकृष्ण भट्ट भन्छन्, “पहिले जताततै फोहोर थियो, अहिले शहर सफा र व्यवस्थित देखिन्छ।” नगरपालिकाका अनुसार ब्रुमर र रोड वासरमार्फत सडकहरू नियमित सरसफाइ हुन्छन् भने अन्य क्षेत्रहरूमा कर्मचारीहरू खटिन्छन्।

धनगढीका १३ वडाबाट दैनिक ४३ टन फोहोर उत्पादन हुन्छ, जसको २१ टन संकलन गरी ७० प्रतिशत पुनःप्रयोगमा लगिन्छ। बाँकी ३० प्रतिशतमध्ये अधिकांशलाई पनि व्यवस्थापन गर्दै १० प्रतिशतमा सीमित पार्ने लक्ष्य राखिएको छ।

सार्वजनिक स्थानमा फोहोर गर्नेहरूलाई फोहोरमैला व्यवस्थापन ऐन, २०७४ अनुसार जरिवाना गरिन्छ — पहिलोपटक ५ हजार, दोस्रोपटक १० हजार र तेस्रोपटक १५ हजार रुपैयाँसम्म।

मेन सडकहरूमा बटुवाका लागि राखिएका निलो–हरियो डस्टबिनमा घरको फोहोर मिसाउने प्रवृत्ति देखिएकाले नगरपालिकाले सचेत गराएको छ।

वातावरण शाखा प्रमुख अशोक अवस्थी भन्छन्, “डस्टबिन बटुवाका लागि हो, नगरवासीले त्यहाँ घरको फोहोर नराखून।”

धनगढी सफाइ अभियानले सहर व्यवस्थापनमा नया धार देखाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन