विज्ञापन

गोदावरीमा शिक्षण सिकाई अनुदान नगर कार्यसमिति गठन, अध्यक्षमा केशब बिष्ट

विज्ञापन
Image
विज्ञापन

अत्तरियाः गोदावरी नगरपालिकामा संघीय शिक्षण सिकाई अनुदान अन्तर्गतको नगर कार्यसमिति गठन गरिएको छ। शुक्रबार अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा आयोजित भेलाले समैजी माविका शिक्षक केशब बिष्टलाई अध्यक्ष चयन गरेको हो।

नवगठित नगर कार्यसमितिमा उपाध्यक्षमा सरस्वती जोशी, सचिवमा मुन्ना बहादुर दमाई र कोषाध्यक्षमा कृष्णा कुमारी महरा चयन भएका छन्। यस्तै सदस्यहरूमा हरि प्रसाद अवस्थी, टोपेन्द्र मलासी, चन्द्रा बिष्ट, मुकुन्द शर्मा, सिद्धराज जोशी, कृष्ण वि.क. र महेश नेपाली रहेका छन्।

त्यसैगरी, सल्लाहकार समितिमा रामचन्द्र शाही संयोजक रहनेछन् भने सदस्यमा चक्र बहादुर वि.क. र राम बहादुर मौनि चयन भएका छन्।

यसअघि गठन भएको समितिका अध्यक्ष देवेन्द्र कुवँर प्रदेश कार्यसमितिमा चयन भएपछि नयाँ नगर कार्यसमिति गठन गरिएको हो। समिति गठन कार्यक्रममा कैलाली जिल्ला अध्यक्ष चन्द्र बहादुर खाती प्रमुख अतिथि रहेका थिए।

हाल गोदावरी नगरपालिकामा संघीय शिक्षण सिकाई अनुदान अन्तर्गत ३९ जना शिक्षक कार्यरत छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन