विज्ञापन

महाकाली अस्पतालमा स्वच्छ पिउने पानीका लागि माछापुच्छ्रे बैंकको सहयोग

विज्ञापन
Image
विज्ञापन

अत्तरियाः माछापुच्छ्रे बैंक कञ्चनपुर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्था महाकाली प्रादेशिक अस्पताललाई स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न सहयोग गरेको छ।

गर्मी मौसममा अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै बैंकले धारा पानी वितरण प्रणाली हस्तान्तरण गरेको हो। शुक्रबार आयोजित कार्यक्रममार्फत बैंकका प्रदेश प्रमुख मनिष उपाध्याय र स्वास्थ्य तालिम केन्द्र धनगढीका महाप्रबन्धक नरेन्द्र सिंह कार्कीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टलाई संयुक्त रूपमा उक्त प्रणाली हस्तान्तरण गरेका हुन्।

शाखा प्रबन्धक शिवराज पाठकका अनुसार अस्पतालमा दैनिक सयौं सेवाग्राही आउने भए पनि स्वच्छ पिउने पानीको अभाव रहेको जानकारी पाएपछि यो सहयोग गरिएको हो। “यस सहयोगले अस्पतालमा आउने सर्वसाधारणलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास लिएका छौं,” प्रबन्धक पाठकले बताए।

बैंकले यसअघि पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँच जस्ता सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन