विज्ञापन

दशरथचन्द नगरपालिकाद्वारा दलित, अपांगता भएका व्यक्ति र एकल महिलालाई बाख्रा वितरण

विज्ञापन
Image
विज्ञापन

बैतडीः बैतडीको दशरथचन्द नगरपालिकाले जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले दलित, अपांगता भएका व्यक्ति र एकल महिलालाई बाख्रा वितरण गरेको छ।

संघीय विशेष आयआर्जन कार्यक्रमअन्तर्गत नगरपालिकाका विभिन्न वडामा बाख्रा र उन्नत जातका बोका वितरण गरिएको हो। नगरपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख ईश्वरीदत्त भट्टका अनुसार अहिलेसम्म वडा नं १, २, ४, ९ र ११ मा बाख्रा वितरण भइसकेको छ।

वडा कार्यालयमार्फत लाभग्राही छनोट गरी वितरण गरिएको जनाइएको छ। कुल ११ वडामा ६१५ ओटा बाख्रा र ७० ओटा उन्नत जातका बोका वितरण गरिने योजना छ।

दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले लक्षित वर्गका नागरिकलाई आयआर्जनमा जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। विशेषगरी आर्थिक रूपमा कमजोर वर्गको आत्मनिर्भरता र रोजगारीमा यसले टेवा पुर्‍याउने उनले बताइन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन