विज्ञापन

सुदूरपश्चिममा मनसुन सक्रिय, बाढी र पहिरोको उच्च जोखिम

विज्ञापन
Image
विज्ञापन

अत्तरिया: यस वर्ष सुदूरपश्चिम प्रदेशमा मनसुन अघिल्ला वर्षको तुलनामा बढी सक्रिय हुने अनुमान गरिएको छ। मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका घटनाहरू देखिन थालेका छन्। सुदूरपश्चिम पनि बाढीपहिरोको उच्च जोखिममा परेको क्षेत्र हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार विपद्‌बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि प्रशासन तयारी अवस्थामा रहेको छ। उनका अनुसार डोटी, बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलाका धेरै बस्ती पहिरोको जोखिममा छन् भने कैलाली र कञ्चनपुरका केही क्षेत्र डुबानको जोखिममा छन्।

गत असार ४ गते कैलालीको गौरीगङ्गामा खोलामा बगेर एक जनाको मृत्यु भएको घटनाले पनि विपद् जोखिमको संकेत दिएको छ। हरेक वर्ष मनसुनसँगै बाढी, डुबान र पहिरोका कारण जनधनको ठूलो क्षति हुँदै आएको छ। दर्जनौं मानिसको मृत्यु, घाइते तथा घरखेत विस्थापन हुने अवस्था सामान्यजस्तै बनेको छ।

यद्यपि सरकार विपद् न्यूनीकरण र व्यवस्थापनमा सधैं तयारी अवस्थामा रहेको बताउँदै आएको छ। विपद् व्यवस्थापन कार्यविधि पारित भइसकेको र सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिए।

उनका अनुसार सुरक्षा निकाय र स्थानीय स्वयंसेवकलाई सक्रिय रहन निर्देशन दिइएको छ भने सरोकारवालासँग आवश्यक समन्वय र छलफलहरू पनि भइसकेका छन्। विशेषगरी पहाडी जिल्लामा पहिरो तथा सडक अबरुद्ध हुने जोखिम उच्च छ भने तराईका बस्तीहरू डुबानको जोखिममा छन्।

सुदूरपश्चिमको प्रमुख यातायात मार्ग भीमदत्त राजमार्ग बर्खामा अवरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्ने गरेका छन्। सम्भावित विपद्‌को पूर्वतयारीस्वरूप कैलाली र कञ्चनपुरका विपद् सम्पर्क व्यक्तिलाई तालिम दिइएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका अनुसार यस वर्षका लागि आवश्यक विपद् व्यवस्थापन सामग्री खरिदसहित जिल्लास्तरमा पूर्वतयारी भइसकेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहालले सबै तहमा तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन