विज्ञापन

विद्यालय शिक्षा विधेयक असार १३ मा समितिबाट पास हुने तयारी

विज्ञापन
Image
विज्ञापन

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १३ गतेसम्म पास गर्ने तयारी गरेको छ। समितिका सभापति अम्मर बहादुर थापाका अनुसार आवश्यक परे भोलि (असार १२) नै विधेयक पारित गरिनेछ।

बुधबार दिनभर विवादित विषयहरूमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको थियो। केही विषयमा सहमति जुटिसकेको र बाँकी विषयहरू बिहीबार बिहान ८ बजे हुने उपसमितिको बैठकमा टुंग्याइने जनाइएको छ। त्यसपछि दिउँसो १ बजे मुख्य समितिको बैठकमा विधेयक पेश गरिनेछ।

विधेयक समितिबाट पारित भएपछि प्रतिनिधिसभामा पठाइनेछ। त्यहाँ छलफलपछि पास भएमा राष्ट्रिय सभामा पुग्नेछ। राष्ट्रिय सभाले संशोधन गरेमा फेरि प्रतिनिधिसभामा फिर्ता आउनेछ। प्रतिनिधिसभाले संशोधन स्वीकार गरेपछि विधेयक सभामुखमार्फत राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइनेछ। प्रमाणीकरणपछि विधेयक ऐनमा परिणत हुनेछ।

विधेयकमा निजी विद्यालयको व्यवस्थापन, प्रारम्भिक बाल विकास केन्द्र (ईसीडी) र शिक्षकका मागहरू प्रमुख विवादका विषय रहेका छन्। शिक्षक महासंघसँग वैशाख १७ गते १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो। शिक्षकहरूले चैत २० देखि २९ गतेसम्म हड्तालसमेत गरेका थिए।

अनलाईन खबरका केही शब्दहरु साभार

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन