धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले आगामि आर्थिक बर्ष २०८२्०८३ का लागि एक अर्ब एक करोड ७६ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । मंगलबार नगरसभाको १८ औँ अधिवेशनमा उप प्रमुख भोजबहादुर वमले उक्त बराबरको बजेट सार्वजनिक गरेका हुन । सार्वजनिक गरिएको बजेट आज नै सर्वसम्मत रुपमा पारित गरिएको छ ।
उप प्रमुख वमले प्रस्तुत गरेको बजेटमा आयतर्फ संघीय समानीकरण अनुदान १५ करोड ९४ लाख, संघीय सर्शत अनुदान चालतर्फ २३ करोड ३६ लाख र पँुजिगत एक करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
यस्तैगरी संघीय समपुरक अनुदान पुँजिगत ७३ लाख, संघीय विशेष अनुदान पुजिगत ४० लाख, प्रदेश समानीकरण अनुदान एक करोड ५० लाख ७१ हजार र प्रदेश सर्शत अनुदान चालुरपुँजिगत ८५ लाख, प्रदेश समपुरक अनुदानरपुँजिगत एक करोड ७ लाख रहेको उपप्रमख वमले प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ ।
त्यस्तैगरी प्रदेश विशेष अनुदान पुँजिगत ७५ लााख, मुल्यअभिवृद्धिकर अन्तशुल्क १४ करोड ८६ लाख १९ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । प्रस्तुत बजेटमा वन रोयल्टी १० लाख, घर जग्गा रजिष्ट्रेशन दस्तुर २ करोड ८० लाख रुपैयाँ, सवारी साधन कर ६३ लाख ४८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । त्यस्तै गरी विज्ञापन करमा ३ लाख, मनोरञ्जन करमा पनि तीन लाख, आन्तरिक राजस्व अन्र्तगत ७ करोड ९ लाख ९५ हजार र सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम अन्र्तगत २७ करोड ८९ लाख उपप्रमुख वमले प्रस्तुत गरिएको बजेटमा प्रस्ताव गरिएको छ ।यस्तै व्यवतर्फ संघीय सरकारबाट हस्तान्तरित सशर्त चालुकार्यक्रममा २३ करोड ६६ लाख विनियोजन गरिएको छ । संघीय सरकारबाट हस्तान्तरित सर्शत पुँजिगत कार्यक्रममा एक करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रस्तुत बजेटमा सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रममा १७ करोड ८९ लाख रुपैयाँ छुट्याएको छ । यस्तैगरी प्रशानिक खर्च तर्फ १५ करोड ७१ लाख ४० हजार रपैयाँ जनस्वास्थ्य प्रवर्शधनमा एक करोड ६६ लाख, योजना तथा पुर्वाधार विकासमा ३ करोड ७८ लाख ४३ हजार विनियोजन गरिएको छ ।
प्रस्तुत बजेटमा नगरका ११ वडा कार्यालयका लागि ९ करोड २२ लाख, नगर समपुरक कोषमा ३ करोड, शिक्षा युवा तथा खेलकुद विकासमा ७ करोड १० लाख र विपद् व्यवस्थापनमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ । नगरसभामा प्रस्तुत गरिएको बजेटमा शिक्षा, खेलकुद, विपद् व्यवस्थापन र पुर्वाधार विकास निर्माण कार्यालाई प्राथमिकता दिएको छ । त्यस्तैगरी कृषि तथा पशुपन्छी, स्थानीय कला संस्कृति भाषा तथा साहित्यको प्रवद्र्धनमा पनि नगरले विशेष प्राथमिकता राखेको छ ।
यस अघि मंगलबार नै नगर प्रमुख देवीदत्त कडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको नीति कार्यक्रममा सभाबाट सर्वसम्मत रुपमा पारित गरिएको थियो ।












