विज्ञापन

मायामेट्रो हस्पिटल: सुदूरपश्चिममै अत्याधुनिक उपचार सेवा दिने भरोसाको केन्द्र बन्दै

विज्ञापन
Image
विज्ञापन

अत्तरियाः धनगढीको मायामेट्रो हस्पिटल पछिल्लो समय सुदूरपश्चिम प्रदेशमै अत्याधुनिक स्वास्थ्य सेवा दिने अग्रणी स्वास्थ्य संस्थाको रुपमा चिनिएको छ। दक्ष चिकित्सक टोली, अत्याधुनिक उपकरण र समर्पित सेवामार्फत जटिल रोगहरूको सफल उपचार गर्दै आएको यस अस्पतालले फेरि एउटा जीवन बचाउन सफल भएको छ।

बझाङ बुङ्गलका नर बहादुर बाग गाईबस्तुलाई घाँस काट्ने क्रममा रुखबाट खसेर गम्भीर रूपमा घाइते भएका थिए। घाँटीको हड्डी (Cervical Spine) भाँचिनुका साथै हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका उहाँलाई पहिले भारतको पिथौरागढसम्म लगिएको थियो। तर, दिल्ली जानुपर्ने सल्लाह आएपछि आर्थिक अभावका कारण परिवार समस्यामा पर्‍यो।

यस्तो कठिन घडीमा मायामेट्रो हस्पिटल उहाँका लागि आशाको केन्द्र बन्यो। न्यूरो सर्जन डा. हरि पौडेल, हाडजोर्नी विशेषज्ञ डा. विकास पाण्डे, एनेस्थेसिया तथा क्रिटिकल केयर विशेषज्ञ डा. मोहन भट्टराई, डा. रितेश पोखरेल र डा. ललित धामीको समन्वित चिकित्सक टोलीले अत्यन्त जटिल सर्जरी सफलतापूर्वक सम्पन्न ग-यो। केही समयको अस्पताल बसाईपछि अब नर बहादुर पूर्ण रूपमा निको भएर घर फर्किसकेका छन्।

मायामेट्रो अस्पतालले यस सफलताको साथमा आफू सुदूरपश्चिमका जनताको लागि गुणस्तरीय, सहज र विश्वसनीय सेवा दिने अस्पताल भएको पुष्टि गरेको छ। अब सुदूरवासीले जटिल उपचारका लागि काठमाडौं वा दिल्ली धाउनुपर्दैन भन्ने सन्देश यो सफल उपचारले दिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन