विज्ञापन

गोदावरी नगरपालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन उद्घाटन तथा हस्तानतरण

विज्ञापन
विज्ञापन

अत्तरिया: गोदावरी नगरपालिका–१, अत्तरियामा निर्माण सम्पन्न गरिएको एकीकृत कृषि तथा पशु सेवा केन्द्रको सोमबार औपचारिक उद्घाटन गरिएको छ।

नगरप्रमुख बिरेन्द्र भट्टले नव निर्मित भवनको उद्घाटन गर्दै किसानहरूलाई सहज रुपमा कृषि तथा पशु सेवाहरू प्रदान गर्ने लक्ष्यले केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले भने, “यो भवनमार्फत ल्याबसहितका सेवा दिइनेछ, जसले गोदावरी मात्र नभई आसपासका पालिकाका किसानहरूलाई समेत सहयोग पुग्नेछ।”

oplus_0

भवन निर्माण विश्व बैंकको लागत सहयोगमा, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) ले कार्यान्वयन गरेको हो। आर्थिक करिडोर कार्यालय डडेल्धुराले ठेक्का प्रक्रिया मार्फत काठमाडौँको सिनर्जिट बिल्डर्स प्रा.लि.सँग सम्झौता गरी निर्माण कार्य सम्पन्न गरेको हो। निर्माण कार्य २०८१ साल असार मसान्तसम्म सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले, नगरपालिकामा अधिकांश कृषिमा संलग्न किसान रहेका कारण भवन निर्माणले उनीहरूका काम कारबाहीमा सहजता ल्याउने बताए। उनले नगरपालिका किसानहरूको हक हितमा निरन्तर क्रियाशील रहेको उल्लेख गरे। साथै, किसानहरूको परिचय पत्र वितरणमा पनि नगरपालिका अग्रस्थानमा रहेको उनले जानकारी दिए।

oplus_0

कार्यक्रममा आर्थिक करिडोर कार्यालय डडेल्धुराका वरिष्ठ कृषि अधिकृत द्रोण बहादुर बुढाथोकीले १७ वटा पालिकाहरूमा आयोजना सञ्चालन भइरहेको र चालु आर्थिक वर्षमा १० वटा पालिकामा भवन निर्माण कार्य भइरहेको जानकारी दिए।

oplus_2

भवन निर्माणमा प्रारम्भिक अनुमान २ करोड ८४ लाख रुपैयाँ गरिएको भए पनि अन्तिम लागत २ करोड ७९ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको आयोजनाका निर्देशक चन्द्र प्रसाद रिजालले जानकारी दिए। उनले उक्त भवनमा कृषि तथा पशुपंक्षीका विशिष्ट सेवा प्रदान गर्न प्रयोगशाला (ल्याब) सुविधा समेत उपलब्ध गराइएको बताए।

oplus_0

भवन सञ्चालनपछि गोदावरी नगरपालिका अन्तर्गत कृषि तथा पशुपंक्षी सेवा शाखाले यही भवनबाट सेवा दिनेछ। साथै, मरेका पशुपंक्षीहरूलाई सुरक्षित रुपमा नष्ट (disposal) गरी रोग फैलिन नदिनेसम्मको सुविधा समेत केन्द्रमा उपलब्ध गराइनेछ।

oplus_0

ठेकेदार कम्पनीका स्थानीय प्रतिनिधि ध्रुव कुँवरले कम्पनीले आर्थिक करिडोर अन्तर्गतका १० वटा केन्द्र भवन निर्माण सम्पन्न गरिसकेको जानकारी दिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन