फाप्ला खेल मैदानमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ को पाँचौं खेलमा गोदावरी नगरपालिकाले ५ विकेटको शानदार जीत निकाल्दै समूह ‘ए’ विजेता बनेको छ। यससँगै गोदावरीले सेमिफाइनल यात्रा तय गरेको छ भने पुर्नवास नगरपालिका ‘ए’ लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
खेलको संक्षिप्त विवरण
📌 पुर्नवास ‘ए’ को ब्याटिङ – टस जितेर पहिला ब्याटिङ गरेको पुर्नवास ‘ए’ ले ८ ओभरमा ८ विकेट गुमाउँदै ५९ रन मात्र बनाउन सक्यो। कप्तान अविनास सिंहले सर्वाधिक ३१ रन बनाए भने पारस शाहीले १३ रनको योगदान दिए।
📌 गोदावरीको शानदार बलिङ – गोदावरीका शुशिल साउँदले आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गर्दै १ ओभरमा मात्र १ रन खर्चेर ४ विकेट लिए। गजेन्द्र बोहराले २ विकेट लिए भने खडक बोहराले १ विकेट चट्काए।
📌 गोदावरीको सहज लक्ष्य पछ्याइ – ५९ रनको लक्ष्य गोदावरीले ७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। आयुश खड्काले अविजित २० रन बनाए भने गजेन्द्र बोहराले १७ रन जोडे। हृदय बिठारी ७ रनमा अविजित रहे।
प्रतियोगिताको संरचना र पुरस्कार
यो लिगको तेस्रो संस्करण हो, जसमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) रहेको छ। कुल १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ, जसबाट हरेक समूहका विजेता सेमिफाइनल खेल्नेछन्।
🏆 विजेता टिम – नगद रु. २ लाख
🥈 उपविजेता टिम – नगद रु. १ लाख
🏅 सर्वोत्कृष्ट खेलाडी – नगद रु. २५ हजार
⚾ बेष्ट बलर र ब्याटर – जनही रु. १५ हजार
🌟 उदयमान खेलाडी – नगद रु. १० हजार
🎖️ प्रत्येक खेलका म्यान अफ दी म्याच – नगद रु. २५००
७ दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा पुरस्कार राशी तथा अन्य खर्च गरी करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजक जिल्ला क्रिकेट संघ, कैलालीले जनाएको छ।












