अत्तरिया: त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। विश्वविद्यालयका अनुसार निर्वाचन आगामी चैत ५ गते हुने तय गरिएको छ।
मुख्य कार्यतालिका:
📌 फागुन १९ – संघ तथा संगठन दर्ता।
📌 फागुन २१ – मतदाताको प्रारम्भिक सूची सार्वजनिक (बिहान १० बजे)।
📌 फागुन २५ – मतदाता सूचीमाथि दाबी–विरोध (दिउँसो १ बजेसम्म) र अन्तिम नामावली प्रकाशन (साँझ ५ बजे)।
📌 फागुन २७ – उम्मेदवारी दर्ता।
📌 चैत ५ – मतदान (बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म)।
स्ववियु निर्वाचनलाई लक्षित गर्दै त्रिविले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ। अब उम्मेदवार चयन र प्रचार–प्रसारका गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्












