तराईमा शितलहर बढेसँगै अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारमा शीतलहरका कारण चिसो बढेसँगै दाउरा वितरण गरेको छ। चिसो मौसमी परिस्थितिलाई ध्यानमा राख्दै, नगर प्रमुख विरेन्द्र भट्टको अगुवाइमा यो कदम चालिएको हो।
नगरप्रमुख भट्टका अनुसार चिसोका कारण व्यापार व्यवसाय र यात्रुहरू प्रभावित भएकाले दाउरा वितरणले राहत दिने अपेक्षा गरिएको छ। नगरपालिकाले हरेक चिसो मौसममा यसरी नै दाउरा वितरण गर्दै आएको नगर प्रमुखका स्वकीय सचिव दिपिन साउदले जनाएका छन्।
दाउरा पाएपछि स्थानीय व्यापारीहरू खुसी भएका छन्, र यसले अत्तरिया बजारका जनजीवनमा केही सहजता ल्याएको छ।
उनले नगरबासीहरुलाई शितलहरबाट बचाउन दाउरा वितरण गरिएको बताए । उनले चिसो समयभरी नै नगरले दाउरा वितरण गर्दैं आएको नगर प्रमुख विरेन्द्र भट्टका स्वकिय सचिव दिपिन साउदले बताए ।
प्रतिक्रिया जनाउनुहाेस्












