अत्तरिया : गोदावरी नगरपालिका–३ मालाखेती शिविरमा बस्ने लालबहादुर चौधरीको उपचारमा सहयोग गरिदिन अपिल गरिएको छ ।
आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको भन्दै परिवारले सयोगको अपिल गरेको हो । १५ दिन देखि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारर्थ लालबहादुरको चिकित्सकले एमआरआई गर्न सुझाव दिएको तर, पैसा नहुँदा रोकीएको बज्यै नाता पर्ने फुलमती चौधरीले जानकारी दिइन् ।
‘सेती प्रादेशिक अस्पतालको इर्मेजेन्सी रुमको एक नम्बर बेडमा भर्ना भएका छ’, उनले भनिन् । ‘आफन्त कोहि पनि छैन् । सहाराविहिन लालबहादुरको अवस्था विजोग छ ।’
अहिले उनको कुरुवा मामा धनबहादुर चौधरी रहेका छन् । लालबहादुरको हात, खुट्टा नचल्ने समस्या देखिएको छ । उनलाई सहयोग गर्न चाहनेहरुले ९७०९३६७४६० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्












