विज्ञापन

कृष्णपुर–३ मा बालशिक्षाको नयाँ सुरुवात, नन्द माविद्वारा चित्रपुरमा बालविकास केन्द्र स्थापना

विज्ञापन
Image
विज्ञापन

कञ्चनपुरः  कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थित श्री नन्द माध्यमिक विद्यालयले चित्रपुरमा ‘बालविकास केन्द्र’ सञ्चालनमा ल्याएको छ। प्रारम्भिक बालशिक्षालाई सुदृढ बनाउने उद्देश्यले सुरु गरिएको यस केन्द्रले साना बालबालिकाहरूको समग्र विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ।

यसै सन्दर्भमा आयोजित कार्यक्रममा बालबालिकाको उज्ज्वल भविष्य निर्माण, गुणस्तरीय शिक्षा र बालमैत्री वातावरणका विषयमा व्यापक छलफल सहित शुभारम्भ गरिएको छ। सहभागीहरूले प्रारम्भिक शिक्षालाई अझ प्रभावकारी बनाउन अभिभावक, शिक्षक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको औंल्याएका थिए।

कार्यक्रममा वडा कार्यालयको तर्फबाट बालविकास केन्द्रमा अध्ययनरत साना नानीबाबुहरूलाई विद्यालय पोशाक (ड्रेस) उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ। यस कदमले अभिभावक तथा बालबालिकामा थप उत्साह र भरोसा बढाएको सहभागीहरूको भनाइ रहेको थियो। शुभारम्भ समारोहमा वडा अध्यक्ष खेम राज चौधरी, वडा सदस्य भिम राज जोशी लगायत अन्य जनप्रतिनिधि, विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो।

नन्द माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर खत्रीले “शिक्षा नै विकासको मूल आधार हो” भन्ने कुरामा जोड दिँदै सबै अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गरे। उनले शिक्षित समाज निर्माणका लागि सबैको साझा प्रयास अपरिहार्य रहेको बताए। चित्रपुरमा सञ्चालनमा आएको बालबिकासले स्थानीय बालबालिकाको पठनपाठनमा सहज बनाउने विश्वास लिएका छन्।

स्थानीय तह, विद्यालय र समुदायबीचको सहकार्यमा सञ्चालनमा आएको यस बालविकास केन्द्रले क्षेत्रका बालबालिकाहरूको शैक्षिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन