विज्ञापन

गोदावरी नगरपालिका १० जानकी माविमा दुई कोठे भवनको शिलन्यास शिक्षा पूर्वाधार सुदृढीकरणतर्फ गोदावरी नगरपालिकाको अर्को कदम

विज्ञापन
Image
Oplus_16908288
विज्ञापन

कैलालीको गोदावरी नगरपालिका–१० स्थित जानकी माध्यमिक विद्यालयमा दुई कोठे भवनको शिलन्यास गरिएको छ। नगर प्रमुख विरेंद्र भट्टले एक संक्षिप्त कार्यक्रमबीच भवनको शिलन्यास गर्दै शिक्षा क्षेत्र नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले नगरभित्रका ५४ वटै विद्यालयमा विषयगत शिक्षक अभावको समस्या समाधान भइसकेको जानकारी दिँदै अब भौतिक पूर्वाधार सुदृढीकरणमा जोड दिइएको उल्लेख गर्नुभयो।

oplus_0

कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष रविन्द्र शाहीले जानकी माविलाई कक्षा १२ सम्म विस्तार गर्ने लक्ष्य लिइएको जानकारी गराउँदै त्यसका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित जैगडीले सामूहिक प्रयासकै कारण विद्यालयमा क्रमिक सुधार भइरहेको उल्लेख गर्दै जानकी माविलाई नमुना विद्यालयका रूपमा विकास गर्न सबैले अग्रसर हुनुपर्ने धारणा राख्नुभयो।

oplus_0

यसै अवसरमा विद्यालयका प्रधानाध्यापक रामबहादुर पार्कीले पर्खाल तथा गेट निर्माण, शैक्षिक दरबन्दी व्यवस्थापन, विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापनालगायत आवश्यक पूर्वाधारका विषयमा मागपत्र नगर प्रमुखसमक्ष पेश गर्नुभयो।

oplus_0

दुई कोठे भवन निर्माणका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने अपेक्षा गरिएको छ। स्थानीय सरकारको सक्रियता र समुदायको सहकार्यले जानकी मावि अब पूर्वाधार र शैक्षिक गुणस्तर दुवैमा अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन