विज्ञापन

कैलालीको गोदावरीमा कक्षा ५ र ८ को नतिजा सार्वजनिक, ५८ प्रतिशत उत्तीर्ण

विज्ञापन
Image
विज्ञापन

कैलालीको गोदावरी नगरपालिकाले आधारभूत तहअन्तर्गत कक्षा ५ र ८ को नगरस्तरीय परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नगरपालिकाका अनुसार चैत्र ५ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको परीक्षाको नतिजा आज औपचारिक रूपमा प्रकाशन गरिएको हो।

कक्षा ५ तर्फ नगरभित्रका ५० सामुदायिक र ३२ संस्थागत विद्यालयबाट कुल २ हजार ६७१ जना विद्यार्थी सहभागी भएका थिए। त्यस्तै, कक्षा ८ मा ३२ सामुदायिक र २९ संस्थागत विद्यालयका ३ हजार १३९ जना विद्यार्थीले परीक्षा दिएका थिए।

प्रकाशित नतिजाअनुसार दुवै तहमा औसत ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यस नतिजाले समग्र शैक्षिक उपलब्धिको अवस्था देखाएको नगरपालिकाले जनाएको छ।

विद्यार्थी, अभिभावक तथा सरोकारवालाले नगरपालिकाको आधिकारिक माध्यममार्फत नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ। नगरपालिकाले आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप सुधारात्मक कार्यक्रम अघि बढाउने तयारीसमेत गरेको जनाएको छ।

यसरी हेर्न सकिन्छ नतिजा

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन