विज्ञापन

कैलाली-४ मा एमाले उम्मेदवार भट्ट विकासको प्रतिबद्धतासहित घरदैलोमा

विज्ञापन
Image
विज्ञापन

अत्तरियाः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव लेखराज भट्ट यतिबेला कैलाली-४ मा घरदैलो अभियानमा केन्द्रित भएका छन् । समृद्ध र समुन्नत क्षेत्र निर्माण गर्ने प्रतिबद्धतासहित उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाताको घर-घर पुगिरहेका छन् ।

आइतबार गौरीगंगा क्षेत्रमा आयोजित घरदैलो अभियानका क्रममा स्थानीय मतदाताले विकास र समृद्धिका लागि भट्टलाई मत दिने बताएका छन् । घरदैलोमा सहभागी एमाले प्रदेश उपसचिव भागरथी बिष्ट ले भनिन्, ‘२०७४ मा उहाँ निर्वाचित भएपछि सुरु भएका विकासका योजनाहरू २०७९ पछि ठप्प छन्। स्थानीयले विकास र समृद्धिका लागि जिताउनैपर्छ भनेर भनिरहेका छन् । मतदाताले देखाएको अथाह विश्वास र भरोसाले एमालेको जित सुनिश्चित भइसकेको छ ।’

भट्टले आइतबार मसुरिया, बढैपुर र राजीपुरलगायतका क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका थिए । उनले विकास र समृद्धिको स्पष्ट खाका प्रस्तुत गर्दै स्थानीयका समस्या, अपेक्षा र सुझाव ध्यानपूर्वक सुनेका छन् ।

उनले आफू निर्वाचित भएमा कैलाली-४ मात्र होइन, सुदूरपश्चिम प्रदेशकै समग्र विकासलाई प्राथमिकतामा राख्ने बताए । रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तरीय सुधार, पूर्वाधार विकास तथा उद्योग विस्तारलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन् ।

वि.सं. २०६४ र २०७४ मा निर्वाचित हुँदा गरेका कामहरू नै जनताले आफूलाई विश्वास गर्ने आधार भएको उनको दाबी छ । प्रदेश राजधानी स्थापनादेखि गेटा मेडिकल कलेज स्थापना प्रक्रियालाई अगाडि बढाउनेसम्मका पहललाई उनले आफ्नो योगदानका रूपमा उल्लेख गरेका छन् ।

घरदैलोका क्रममा स्थानीयले सडक स्तरोन्नति, खानेपानी व्यवस्था, सिंचाइ सुविधा विस्तार, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवाका विषयमा विशेष चासो व्यक्त गरेका छन् । भट्टले ती मागहरूलाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस क्षेत्रमा नेपाली कांग्रेसले गोरखबहादुर विष्ट ‘आनन्द’ लाई उम्मेदवार बनाएको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले हरिराम चौधरी लाई र राष्ट्रिय स्वतन्त्र पार्टीले खेमराज कोइरालालाई अघि सारेको छ । प्रमुख दलबाट उम्मेदवार बनेका यी तीनै नेता पहिलो पटक संसदीय चुनावी प्रतिस्पर्धामा छन् ।

अनुभवहीन नयाँ प्रतिस्पर्धीहरूसँग चुनावी मैदानमा उत्रिएका भट्ट भने आफ्नो अनुभव, पहुँच, स्पष्ट विचार र विकासको दृष्टिकोणका कारण जित्नेमा विश्वस्त देखिएका छन् । उनले जनताको साथ र विश्वासका आधारमा कैलाली-४ लाई विकासको नमुना क्षेत्र बनाउने अठोट दोहोर्‍याएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन