विज्ञापन

दार्चुलामा ७२ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

विज्ञापन
Image
विज्ञापन

दार्चुला: भूमि समस्या समाधान आयोग, दार्चुलाले जिल्लाका ७२ अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ। विगतका आयोग, समिति र कार्यदलबाट काम बाँकी रहेका बसोबासीलाई प्रक्रिया पूरा गरी प्रमाणपुर्जा वितरण गरिएको आयोगका जिल्ला समिति अध्यक्ष लालसिंह धामीले जानकारी दिए।

भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनसम्बन्धी कार्यविधि–२०७८ अनुसार नापजाँच, फिल्ड मुचुल्का र राजस्व सङ्कलन गरी लालपुर्जा वितरण गरिएको हो।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा दुहुँ गाउँपालिका–४ धामी बोहरीगाउँका २० जनालाई, आर्थिक वर्ष २०८१/८२ मा शैल्यशिखर नगरपालिका–६ का ४७ जनालाई लालपुर्जा वितरण गरिएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा सोही नगरपालिकाका थप पाँच जनालाई बुधबार जिल्ला समन्वय समितिको कार्यालय खलङ्गामा प्रमाणपुर्जा हस्तान्तरण गरिएको हो।

संविधान सभा सदस्य तथा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लालपुर्जा वितरण गरिएको आयोगले जनाएको छ।

हालसम्म दार्चुलामा ८१ जनाको फाइल तयार भइसकेको र राजस्व बुझाएपछि प्रमाणपुर्जा उपलब्ध गराइने आयोगका सदस्यसचिव टिकेन्द्रसिंह धामीले जानकारी दिए। आयोगमा हालसम्म भूमिहीन दलित १४६ जना, सुकुमवासी ६७ जना र अव्यवस्थित बसोबासी एक हजार ५६० जनाले निवेदन दिएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन