विज्ञापन

“संविधान संशोधनका लागि वातावरण आवश्यक, बहुमत पुगेपछि प्रक्रिया अघि बढ्छौं : महासचिव पोख्रेल”

विज्ञापन
Image
oplus_0
विज्ञापन

अत्तरिया: नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत सुनिश्चित भएपछि मात्र संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन्।

oplus_0

कैलालीको अत्तरियामा पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोख्रेलले अहिले संविधान संशोधनको वातावरण बनेको छैन भन्दै आवश्यक बहुमत जुटेपछि मात्रै त्यसतर्फ अघि बढ्ने स्पष्ट गरे।

उनले भने, “संविधान संशोधनजस्तो विषय एकैपटक प्रवेश गर्ने कुरा होइन। त्यसका लागि वातावरण बनाउनुपर्छ। अहिले राष्ट्रिय सभामा सरकारमा रहेका प्रमुख दलहरूको बहुमत सुनिश्चित छैन। तर ५/६ महिनापछि १९ सिट खाली हुँदैछ, त्यसपछि दुवै दल मिलेर सफलता प्राप्त गर्छौं र अनुकूलता निर्माण गरेर संविधान संशोधनमा प्रवेश गर्छौं।”

महासचिव पोख्रेलले सरकार निर्माणका बेला नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको दाबी पनि गरे।

त्यस्तै उनले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा ल्याएर माओवादी केन्द्रले गल्ती गरेको टिप्पणी गरे। पुनको नाम नलिएरै उनले भने, “पूर्वराष्ट्रपति प्रतिस्पर्धा र पार्टीभन्दा माथि हुनुहुन्छ। जो प्रतिस्पर्धाभन्दा माथि छ, उहाँहरुको अधिकार खोसियो भन्ने भास्य ठिक होइन। माओवादी केन्द्रले गल्ती गर्‍यो तर त्यसमा एमाले सामेल हुँदैन। बरु गल्ती सच्याउनुपर्छ भन्ने मात्र हाम्रो भनाइ हो।”

राष्ट्रपति जस्तो सर्वोच्च संवैधानिक पदमा पुगेपछि त्यस पदको गरिमा कायम राख्नु आवश्यक भएको समेत पोख्रेलले औंल्याए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन