विज्ञापन

महाकालीमा बहाव बढ्दा चारपाङ्ग्रे सवारी आवागमन रोक, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

विज्ञापन
Image
?????????? ??????? ????? ??????? ???? ??? ????? ????? ??? ? ??????? ????????? ???? / ????
विज्ञापन

भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिएपछि महाकाली नदीमा पानीको बहाव तीव्र रुपमा बढेको छ।

आज बिहानदेखि बाँधको ढोका खोलिएपछि दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै बग्ने महाकाली नदीको जलस्तरमा उल्लेखनीय वृद्धि भएको हो। भारतीय पक्षले बाँध सफा गर्न मङ्गलबार बिहान ढोका खोल्ने जानकारी दार्चुला र बैतडीका प्रशासनलाई पत्रमार्फत दिएको थियो।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार आज बिहान ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले व्यास गाउँपालिका–५, धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका तटीय बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यसैगरी, बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पनि सेरादेखि कुस्मतघाटसम्मका तटीय बासिन्दालाई नदी छेउछाउमा नजान आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल दार्चुलाको दत्तु क्षेत्रमा महाकालीको बहाव सतर्कताको बिन्दु नजिक पुगेको छ।

महाकालीमा बहाव बढेपछि कञ्चनपुरस्थित पक्की पुलमा चारपाङ्ग्रे सवारी आवागमन पनि बन्द गरिएको छ। प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार महाकालीमा पानीको बहाव प्रति सेकेन्ड १ लाख २ हजार ७४२ क्युसेक पुगेपछि आज बिहानैदेखि चारपाङ्ग्रे सवारी साधन रोकिने निर्णय गरिएको हो।

सामान्यतया, बहाव प्रति सेकेन्ड १ लाख क्युसेक नाघेपछि सवारी आवागमनमा रोक लगाउने गरिन्छ। अहिले पनि नदीमा बहाव क्रमशः बढ्दो अवस्थामा रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन