विज्ञापन

शिवनाथ गाउँपालिकाको शर्माली गढी संरक्षणमा वृक्षारोपण, विद्यार्थीको सहभागिता

विज्ञापन
Image
विज्ञापन

शिवनाथ गाउँपालिका–२ स्थित ऐतिहासिक शर्माली गढी संरक्षणका लागि वृक्षारोपण गरिएको छ। गढीको घेरबार गरिएको क्षेत्रमा शुक्रबार नागार्जुन मावि शर्मालीका विद्यार्थीहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।

गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदका अनुसार गढीको सुरक्षा घेराबार केही ठाउँमा तोडफोड भएकाले संरक्षणका लागि स्थानीय भाषामा “इन्नो” भनिने सञ्जीवनीका बोट रोपिएको हो। “यो बोट गाईगोरुले नखाने भएकाले घेराबारको विकल्पमा प्रयोग गरिएको छ,” उनले बताए।

नेपाल–अंग्रेज युद्धका बेला गोर्खाली सेना बसेको ऐतिहासिक गढीमा वृक्षारोपण गर्दै बालबालिकामा इतिहासप्रतिको चेतना जगाउने उद्देश्य पनि रहेको अध्यक्ष साउँदले जनाए।

केही वर्षअघि नेपाली सेनाले १५ लाख रुपैयाँको लागतमा गढी पुग्नका लागि २६३ मिटर लामो पदमार्ग निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको थियो। गाउँपालिकाले गढीको करिब ८ सय मिटर क्षेत्रमा तारबार लगाएको छ।

स्थानीय इतिहासविद् शिवराज कलौनीका अनुसार सन् १७९० मा गोर्खाली सेनाले कुमाउ विजय अभियान सञ्चालन गर्दा शर्माली गढीलाई प्रमुख किल्लाको रूपमा प्रयोग गरिएको थियो। “अहिलेसम्म पनि सुरुङ, प्रवेशमार्ग र पत्थरका पर्खालहरू देख्न सकिन्छ,” उनले बताए। गढी क्षेत्रबाट सेनाले प्रयोग गरेका खुकुरी, खुँडा जस्ता सामग्री फेला परेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन