राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा आज साँझ ६ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको छ।
एसईई परीक्षा बोर्डका परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराईका अनुसार नतिजा प्रकाशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ र आज साँझ ६ बजेपछि नतिजा सार्वजनिक गरिनेछ।
यो वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी गरी जम्मा ४ लाख ९९ हजार १८३ जना सहभागी भएका थिए।
नतिजा बोर्डको वेबसाइट तथा एसएमएस सेवामार्फत सार्वजनिक गरिनेछ। विद्यार्थीहरू आफ्नो नतिजा नाम, सिम्बोल नम्बर वा अन्य विवरणमार्फत प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया जनाउनुहाेस्












