विज्ञापन

शुक्लाफाँटा निकुञ्ज क्षेत्रका विस्थापित २४ वर्षदेखि अँध्यारोमा

विज्ञापन
विज्ञापन

२०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारसँगै बेदकोट–९ सुन्दरपुरका हिरासिंह भण्डारीसहित ६ सयभन्दा बढी परिवार विस्थापित भए। उनीहरू हालसम्म पुनःस्थापनाको पर्खाइमा निकुञ्जभित्रको ढक्का शिविरलगायत १७ स्थानमा झुपडी बनाएर बस्दै आएका छन्। निकुञ्जको कोर एरियामा बसोबास गरेकाले उनीहरूलाई खानेपानी, बिजुली, शौचालय जस्ता आधारभूत सुविधा छैनन्।

हात्तीले झुपडी भत्काउने, बालबालिकाले पढ्न नपाउने, मोबाइल चार्ज गर्नसमेत पैसा तिर्नुपर्ने अवस्था छ। भण्डारी भन्छन्, “२४ वर्ष भयो, सरकारको ३३ वटा आयोग बने तर व्यवस्थापन भएन। हामी भोट बैंक मात्र भयौं।”

पिपलाडी–१ का मोतिलाल डगौरा भन्छन्, “सट्टाभर्ना दिने भने पनि अहिलेसम्म दिएन, उल्टै पीडितको सङ्ख्या घटाउने काम गर्‍यो।”

निकुञ्जमा वन्यजन्तुको मृत्यु भए विस्थापितमाथि आरोप लाग्ने गरेको ८२ वर्षीय विवसिंह धामी बताउँछन्, “हामी पाँच वर्ष सडकमै बस्यौँ, अहिले पनि जङ्गलमा डरले बस्नुपरेको छ।”

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले सोलार जडानको प्रयास निकुञ्जले अस्वीकार गरेको बताए।

राज्यले पुनःस्थापना नगर्दा शुक्लाफाँटा क्षेत्रका करिब २ हजार ५ सय परिवार अझै पनि जङ्गल, खोला, नदी किनारमा कष्टकर जीवन बिताइरहेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन