विज्ञापन

विपन्न परिवारका लागि राहत: शुक्लाफाँटा–१० ले ३० घरधुरीको निःशुल्क स्वास्थ्य बीमा गर्‍यो

विज्ञापन
Image
विज्ञापन

शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व अन्तर्गत अति विपन्न ३० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ। आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचबाहिर रहेका परिवारको वार्षिक रु १ लाख ५ हजार बराबरको बीमा प्रिमियम वडा कार्यालयले बेहोरेको हो।

वडाध्यक्ष लालबहादुर ऐरले आर्थिक अवस्था कमजोर र बीमा शुल्क तिर्न नसक्ने नागरिकलाई प्राथमिकतामा राखेर बीमामा समावेश गरिएको जानकारी दिए। उनका अनुसार, वडाले प्रत्येक परिवारलाई रु ३,५०० का दरले पाँच सदस्यको बीमा गराएको छ।

वडा कार्यालयका कर्मचारी केशव जोशीले दीर्घरोग, सुत्केरी, आकस्मिक सेवाजस्ता उपचार समेटिएको बीमा योजनाबाट पाँच सदस्यसम्म वार्षिक रु ३,५०० मा सेवा लिने व्यवस्था गरिएको बताए। त्यसपछि प्रत्येक थप सदस्यका लागि रु ७०० अतिरिक्त लाग्ने व्यवस्था छ।

जोशीका अनुसार, ७० वर्षमाथिका, अति गरिब, अशक्त, अपाङ्गता भएका व्यक्तिहरूलाई बीमा प्रिमियममा पूर्ण छुट दिइएको छ। वडाले अघिल्लो आव २०७९/८० मा पनि ४० अति विपन्न परिवारको बीमा गरेको थियो।

स्थानीय बासिन्दा बमन रानाले यस्तो पहलले सरकारी सेवाप्रति विश्वास बढाएको बताए। उनले भने, “बीमा गर्न सक्ने हैसियत थिएन, वडाले रकम तिरेपछि हामीजस्ता गरिबलाई उपचारमा ठूलो राहत मिलेको छ।”

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन