विज्ञापन

सुदूरपश्चिम लगानी सम्मेलनको पूर्व तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढीमा

विज्ञापन
Image
विज्ञापन

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्व तयारी सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा मंगलबार बिहान धनगढी पुगेकी छन्।

बुद्ध एयरको नियमित उडानमार्फत धनगढी पुगेकी मन्त्री राणालाई धनगढी विमानस्थलमा प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले स्वागत गरेको थियो।

पूर्व तयारी सम्मेलन जेठ २० र २१ गतेसम्म धनगढीमा आयोजना हुँदैछ। सम्मेलनको प्रमुख अतिथिका रूपमा परराष्ट्रमन्त्री राणाले उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा असोज १ र २ गते आयोजना हुने लगानी तथा विकास सम्मेलनको उद्देश्य प्रदेशका प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, र रणनीतिक अवस्थालाई उपयोग गर्दै आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्नु हो।

मुख्यमन्त्री शाहका अनुसार सम्मेलनमा संघीय, प्रदेश र स्थानीय सरकार, विकास साझेदार संस्था, मित्र राष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, उद्योगी व्यवसायी, वित्तीय संस्था, एनआरएन, विषय विज्ञ, स्टार्टअप उद्यमीलगायत सरोकारवाला पक्षको सहभागिता रहनेछ।

सम्मेलनमार्फत उद्योग, खानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, जडिबुटी, उर्जा, सञ्चार तथा पर्यटनजस्ता क्षेत्रमा लगानी प्रवर्द्धन गर्न सरकारी, निजी र सहकारी क्षेत्रबीच साझेदारी विस्तार गर्ने लक्ष्य राखिएको छ।

‘सुदूरपश्चिमको सशक्तीकरण : लगानी, नवप्रवर्तन र उन्नति’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिन लागेको हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन