विज्ञापन

गोदावरी नगरपालिकाको १०, ११ र १२ मा पुनः नापी सुरु

विज्ञापन
Image
विज्ञापन

अत्तरियाः  गोदावरी नगरपालिका वडा नं १० , ११ र १२ मा आज देखि पुन नापी सुरु भएको छ । गोदावरी नगरपालिकामा पुन नापीको उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले जमिनमा तार्गेट क्लिक गरी नापजाँ सुरु गरेका हुन ।

नगर प्रमुख भट्टका अनुसार २०२६ सालमा नापी गरिएको यस क्षेत्रमा समयक्रमसँगै विभिन्न परिवर्तन तथा समस्या उत्पन्न भएकाले प्रविधियुक्त समाधानको आवश्यकताले पुनः नापी कार्य थालिएको बताएका छन। कित्ताकाट, बाटोघाटो तथा भौतिक संरचनाका कारण देखिएका समस्या समाधान गर्न नक्साको अध्यावधिक प्रक्रिया अघि बढाइएको उनले बताएका छन ।

कैलाली नापी शाखा प्रमुख जनक राज भट्टले २०२१ सालमा कर संकलनका लागि तयार गरिएका नापनक्साहरु अहिलेको भौतिक अवस्था अनुसार मेल नखाने भएकाले फिल्डमा आइपर्ने समस्याहरु समाधान गर्न नापी कार्य सुरु गरिएको जानकारी दिए। समयानुकूल नक्सा परिमार्जन गरेर सर्वसाधारणलाई सहज बनाउने उद्देश्य रहेको बताएका छन ।

वडा नं. ११ का वडा अध्यक्ष प्रेम बडैलाले ६, ७, र १३ नम्बर प्लटमा पछिल्लो समय बनेका भौतिक संरचनाका कारण बाटोघाटो छुट्याउन कठिन भएकोले यस क्षेत्रका समस्या समाधानका लागि पुनः नापी आवश्यक रहेको बताए।

nap naksa

यसैगरी, वडा नं. १२ का वडा अध्यक्ष भीम बहादुर खड्काले साविकको गोदावरी गाबिस र मालाखेती गाबिसको जमिन कित्ताकाट गर्दा उत्पन्न झन्झटलाई हटाउन पुनः नापी कार्य अघि बढाइएको बताए। परम्परागत नापी प्रविधिका कारण चलनभोगमा आएका भिन्नताहरूलाई सम्बोधन गर्दै नागरिकलाई स्पष्ट कानुनी संरचना उपलब्ध गराउने योजना रहेको उनले उल्लेख गरे।


गोदावरी नगरपालिका वडा न. १०, ११ र १२ मा ५ , ६ र १३ पल्टको नम्बरी जमीन नापी हुँदै गरेको र पछिल्लो समयमा अपडेट भएका डिटेलहरुको नाप नक्सा हुनुको साथै सबै डिटेलको नापजाँच गरी परिष्कृत नक्साङ्कन गर्ने उद्देश्य साथ गोदावरी नगरपालिकामा हालसापि नापजाँच भएको नापी टोली प्रमुख इन्द्र बहादुर देउवाले बताए।  बिगतमा भएका नक्सामा ऋृटीहरुलाई समस्याको समाधान सँगै डिजिटल प्रबिधीबाट शुद्ध नापजाँच सहित नक्साङ्कन गरिदै गरेको बताएका छन ।

गोदावरी नगरपालिकाले प्रविधिमैत्री नापी प्रणाली अपनाएर भविष्यमा आउन सक्ने सम्भावित समस्याहरुलाई न्यूनीकरण गर्ने लक्ष्य राखेको छ। यसबाट स्थानीय बासिन्दाले पारदर्शी र व्यवस्थित जग्गा व्यवस्थापन प्रणालीको लाभ लिन सक्ने विश्वास गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन