विज्ञापन

बाजुराका विपन्न विद्यार्थीलाई रीता देवी जन एकता फाउन्डेसनको सहयोग

विज्ञापन
Image
विज्ञापन

बाजुराको बुढिगंगा नगरपालिका विभिन्न विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई रीता देवी जन एकता फाउन्डेसनको समन्वयमा स्कुल ब्याग, न्यानो लुगा, टोपी, स्टेसनरी लगायतका सामग्री प्रदान गरिएको छ।

राजेन्द्र प्रावि (वडा नं. ४) का १०० जना, शारदा उमावि (वडा नं. ७) का ८० जना, मुसि (वडा नं. २) का ३५ जना तथा श्री पशुपति उमावि (वडा नं. ३) का ४५ जना विद्यार्थीहरूले सहयोग प्राप्त गरेका छन्।

यस कार्यक्रममा बुढिगंगा नगरपालिका-४ र ७ मा जयनेपाल फाउन्डेसन अन्तर्गतकाे गाेल्बल युथ नेटवर्ककाे आर्थिक सहयोग, बुढिगंगा-२ मा अष्ट्रेलियामा बस्ने बुदिमाया शेर्पाको आर्थिक सहयोग तथा पशुपति उमाविमा काठमाडौंमा बस्ने समाजसेवी मिङमा दोर्जे शेर्पाको आर्थिक सहयोग रहेको थियो।

सामग्री हस्तान्तरण कार्यक्रममा सम्बन्धित विद्यालयका व्यवस्थापन समिति, शिक्षक, अभिभावक, वडा अध्यक्ष तथा वडा सदस्यहरूको उपस्थिति रहेको थियो। दुर्गम तथा चिसो स्थानमा अध्ययनरत विद्यार्थीहरूले यो सहयोगले ठूलो राहत पुगेको बताएका छन्।

फाउन्डेसनकी अध्यक्ष रीता शाहीले विगत लामो समयदेखि सामाजिक सेवा, स्वास्थ्य तथा गरिब विपन्न समुदायका लागि विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएकी छिन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन