विज्ञापन

कृष्णपुरमा लागुऔषध दुर्व्यसनी, आत्महत्या, बालविवाह तथा बालश्रम विरुद्ध सचेतनामूलक र्‍याली

विज्ञापन
Image
विज्ञापन

अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, भेटघाट बस्तीमा लागुऔषध दुर्व्यसनी, आत्महत्या न्यूनीकरण, बालविवाह तथा बालश्रम विरुद्ध सचेतना फैलाउने उद्देश्यले प्रभावकारी र्‍याली कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमको आयोजना बैजनाथ बाल क्लब ले गरेको हो भने प्राविधिक सहयोग वर्ल्ड भिजन / NNSWA ले प्रदान गरेको थियो। साथै अस्थायी प्रहरी पोस्ट पहरिया तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम को सक्रिय सहभागिता रहेको थियो।

र्‍यालीमार्फत समाजमा बढ्दो सामाजिक विकृति र बालअधिकार सम्बन्धी चुनौतीहरू विरुद्ध जनचेतना फैलाइएको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय बालबालिका, युवा, अभिभावक तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो। “बालबालिकाको स्वस्फूर्त निर्णय क्षमता, सबैको साझा साथ र निकास” भन्ने नारासहित वडा नं. १ लाई २०८३ चैत मसान्तभित्र बालमैत्री शासनयुक्त वडा घोषणा गर्ने तयारी अघि बढाइएको छ।

घोषणा सम्पन्न भएसँगै कृष्णपुर–१ कञ्चनपुर जिल्लाकै पहिलो बालमैत्री वडा बन्ने अपेक्षा गरिएको छ। आयोजित र्याली कार्यक्रममा ७५ जना भन्दा बढी बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो। भोलि कृष्णपुर १ को दोमिल्ला, श्रीपुर, सुन्दरीफाटा, निगाली, पहरिया र बण्डमा समेत सचेतना र्यालीको आयोजना गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन