विज्ञापन

कैलाली–४ का स्वतन्त्र उम्मेदवार छत्रबहादुर भट्टद्वारा चुनावी सचिवालय स्थापना

विज्ञापन
Image
विज्ञापन

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका छत्रबहादुर भट्टले आफ्नो चुनावी सचिवालय स्थापना गरेका छन्। अत्तरियाको बसपार्क अगाडि स्थापना गरिएको सचिवालयको मंगलबार धार्मिक विधिअनुसार उद्घाटन गरिएको हो।

सचिवालय उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै उम्मेदवार भट्टले आफ्नो उम्मेदवारी भ्रष्टाचार अन्त्य, पर्यटन प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको सुधार, रोजगारी सृजना तथा धर्म–संस्कृतिको संरक्षणका लागि केन्द्रित रहेको बताए। उनले जनताको समस्या र आवश्यकतालाई नजिकबाट बुझेर संसद्मा बलियो आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि कुल १६ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये १५ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार रहेका छन् भने भट्ट एक्ला स्वतन्त्र उम्मेदवार हुन्।

१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा कुल २५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। सबैभन्दा बढी कैलाली क्षेत्र नम्बर १ बाट ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन