विज्ञापन

नेकपाले सुदूरपश्चिमका सबै १६ क्षेत्रका उम्मेदवार टुंगो लगायो, अछाम-१ मा रावल, कैलाली-५ मा आले

विज्ञापन
Image
विज्ञापन

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको छ। पार्टीका अनुसार अछाम–१ बाट भीम रावलले चुनाव लड्ने भएका छन्।

कैलाली–१ बाट साविक नागरिक उन्मुक्ति पार्टीका नेता र हाल टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुलाई उम्मेदवार बनाइएको छ। कैलाली–२ बाट राजेन्द्र साउँद, ३ बाट विरमान चौधरी र ४ बाट हरि चौधरी उत्सवको उम्मेदवारी तय गरिएको छ। साउँद र चौधरीहरू साविक माओवादी पृष्ठभूमिका नेता हुन्।

पूर्वमन्त्री तथा साविक नेकपा एकीकृत समाजवादी नेता प्रेमबहादुर आलेमगरले कैलाली–५ बाट उम्मेदवारी पाएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने चर्चा चलेको भए पनि अन्ततः नेकपाबाटै चुनाव लड्ने निर्णय गरेका छन्।

कञ्चनपुर–१ मा विना मगर, २ मा लाल बहादुर खड्का र ३ मा मान बहादुर सुनारले उम्मेदवारी पाएका छन्। अछाम–२ बाट माओवादी पृष्ठभूमिका शरदसिंह भण्डारीले चुनाव लड्ने भएका छन्। डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बझाङबाट मीनबहादुर कुवर, बैतडीबाट परमानन्द भट्ट र डोटीबाट त्रिलोचन भट्ट उम्मेदवार छन्।

प्रस्तावित उम्मेदवारहरूमा साविक नेकपा माओवादी केन्द्रबाट १०, नेकपा एकीकृत समाजवादीबाट तीन, नागरिक उन्मुक्ति पार्टीबाट एक र मातृभूमि जागरण अभियानबाट एक जना रहेका छन्। बाँकी उम्मेदवार एमाले छोडेर नेकपा प्रवेश गरेका पूर्व नेताहरू हुन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन