विज्ञापन

आज एनपिएल सिजन-२ को फाइनल: सुदूरपश्चिम रोयल्स vs लुम्बिनी लायन्स, उपाधि कसको हात लाग्ला?

विज्ञापन
Image
विज्ञापन

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। दुवै टोली उत्कृष्ट प्रदर्शनसहित फाइनलमा प्रवेश गरेकाले खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै सिधै फाइनल यात्रा तय गरेको हो। उता लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भए पनि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो।

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स उपाधिको प्रबल दाबेदार मानिएको छ। गत संस्करणको फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको टोली यसपटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ। सुदूरपश्चिमले लिग चरणदेखि नै निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो। तर यसपटक टोलीले उल्लेखनीय पुनरागमन गर्दै उपाधि जित्ने दाउमा फाइनलमा स्थान बनाएको छ। लिग चरणमा यी दुई टोलीबीच भएको भेटमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए। प्रतियोगिताको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन