विज्ञापन

सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारको धमाकेदार प्रस्तुति रहने

विज्ञापन
Image
विज्ञापन

मङ्सिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव दिनहुँ विविध कार्यक्रम र आकर्षक प्रस्तुतिका कारण झनै रौनक हुँदै गएको छ। यही क्रमअन्तर्गत महोत्सवको २५ गतेका लागि जम्बो कलाकारको विशेष टोली तयारी अवस्थामा रहेको आयोजकले बताएका छन्।

आयोजक प्रतिनिधी प्रकाश चन्दका अनुसार २५ गतेको दिन क्षेत्रीय संस्कृतिमा आधारित देउडा, लोक तथा आधुनिक शैलीका गीतसंगीत प्रस्तुत गरिनेछ। देउडा क्षेत्रमा विशेष पहिचान बनाएका गायक महेश आउजी मुख्य आकर्षण रहनेछन्। त्यस्तै इब्सल सन्ज्याल, लक्ष्मी आचार्य, अर्जुन सापकोटा र समीक्षा अधिकारी पनि स्टेजमा प्रस्तुत हुने तय भएको उनले बताए।

महोत्सवमा आउने दर्शक–श्रोताका लागि यस वर्ष विशेष व्यवस्थापन गरिएको आयोजक समितिको भनाइ छ। सुरक्षा, संगीत, खानेपिउने, बालमैत्री क्षेत्रदेखि मनोरञ्जनसम्म सबै विधामा सुधार गरिएको आयोजक चन्दले जानकारी दिए। साथै, महोत्सवलाई प्रदेशको पर्यटकीय तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले स्थानीय उत्पादन, भौतिक संरचना, उद्यम तथा पर्यटन प्रवर्द्धनमा केन्द्रित स्टलहरू पनि सञ्चालनमा रहेका छन्।

दैनिक रूपमा बढ्दो दर्शक सहभागिताले महोत्सवले यस वर्ष नयाँ रेकर्ड कायम गर्ने अनुमान आयोजकले गरेका छन्। २६ गतेको जम्बो कलाकार टोलीको प्रस्तुति महोत्सवको मुख्य आकर्षण मानिएको छ

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन