विज्ञापन

इम्बोस नम्बर प्लेट : आधुनिकता कि भाषिक संकट ?

विज्ञापन
Image
विज्ञापन

-परिचय
इम्बोस नम्बर (Embossed number plat )प्लेट भन्नाले धातुमा अंक तथा अक्षर उक्काएर बनाइने, टिकाउ र सुरक्षित नम्बर प्लेटलाई भनेर बिकशित देशहरुले प्रयोगमा ल्याएको प्रणाली हो । पछिल्ला वर्षहरूमा यसमा RFID चिप जडान गरी यसलाई अझ स्मार्ट र प्राविधिकयुक्त बनाइएको छ। नेपाल सरकारले २०७४ सालदेखि यसलाई चरणबद्ध रूपमा लागू गर्ने निर्णय गरेको भए पनि यसको कार्यान्वयन ढिलो र विवादित हुँदै अदालत सम्म पुगेर रोकिएको बिषय थियो ।

– सरकारी तयारी
हाल आएर भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयले यातायात ब्यबस्था बिभागलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेकोछ । मन्त्रालयले यहि असोज १ गतेबाट लागू गर्ने भन्दै केही तर्क पेस गरेता पनि लागू गर्न कम चुनौती छैन । ती तर्कले मात्र लागू गर्न प्रर्याप्त आधार पुग्दैन । पेस गरेका तर्क वा आधारलाई एक चोटि हेरौ ।
१) गाडी चोरी वा अपराधमा संलग्न भएमा सजिलै ट्र्याक गर्न सकिने ।
२) सबै गाडीको विवरण डिजिटल प्रणालीमा रहने भएकोले कर छल्ने सम्भावनामा कमि ।
३) ट्राफिक प्रणालीलाई व्यवस्थित बनाउने ।
४) नेपाल आधुनिक प्रविधि अपनाउने देशहरूको सूचीमा उभिन्छ।
सामान्यतया यि आधारलाइ नकार्न नस्किए पनि यस प्रणालीले पार्ने नकारात्मक प्रभावलाई कम नजरअन्दाज गर्न सकिन्न । एक चोटि यसलाइ पनि हेरौ ।

-समस्या वा चुनौती
१) वैदेशिक निर्भरता – इम्बोस्ट नम्बर प्लेट नेपालमा बनाउन सकिने अवस्था छैन । अन्य देशसङ्ग ठेक्का गर्दा स्वदेशी सीप र स्रोतको उपयोग नहुने र ठेक्का प्राप्त गर्ने कम्पनीप्रतिको बिस्वस्नियता, नेपाली रुपैया बिदेसिने , ढिला सुस्ती र गोपनियता भङ्ग हुने निश्चित छ ।
२) महङ्गो शुल्क – अहिलेको आर्थिक अवस्थाले नम्बर प्लेटका लागि मात्र २५००/३५०० सुल्क जनतालाइ महङ्गो हुन जान्छ ।
३) प्राबिधिक समस्या – ग्रामीण क्षेत्र ईन्टरनेट र बिजुली आदिमा आत्मनिर्भर छैन । इम्बोस्ट नम्बर प्लेट सङ्ग जडान गरिएको RFID चिप पढ्न स्क्यान गर्न नेटवर्क चाहिन्छ । स्क्यानर , क्यामेरा , डेटा र सर्बर जस्ता प्रणालीले निरन्तर बिधुत र ईन्टरनेटको माग गर्दछ । सबैतिर ईन्टरनेट र ट्राफिक मोनिटरिङ्ग प्रबिधिको उपलब्धता भईसकेको छैन ।
४) मेसिनरी उपकरणको समस्या – गाडिमा RFID नम्बर प्लेट स्क्यान गर्न विशेष उपकरण चाहिन्छन जो नेपालमा प्रयाप्त मात्रामा उपलब्ध छैन त्यो पनि विदेशिकै भर पर्नु पर्ने हुन्छ ।
५) मर्मत , प्राबिधिक जनशक्ति र डेटा सुरक्षा – यस्तो प्रबिधी संचालन , मर्मत गर्न दक्ष तथा प्रशिक्षित जनशक्ति चाहिन्छ तर नेपालमा दक्ष जनशक्तिको प्रयाप्तता देखिदैन र गाडिमा
RFID चिप राखिने हुदा गाडिको सम्पुर्ण बिबरण र ब्यक्तिगत डेटा चोरिने वा ह्याक हुने सम्भावना पनि जिबितै रहन्छ ।

६) भाषिक र सांस्कृतिक असर ।

लिपि केवल संचारको माध्यम मात्र होइन सांस्कृतिक पहिचानको चिन्ह पनि त्यसैले भाषाको प्रयोग घट्दा सांस्कृतिक चिन्ह र मान्यता पनि कमजोर हुदैजान्छन।

नेपाली भाषाको देबनागरिक लिपिलाइ बिर्सदै रोमन script मा लेख्ने चलन ह्वात्तै बढेकोछ । नया पुस्तामा सामाजीक संजालको बढ्दो प्रयोग सङ्गै नेपाली भाषामा भावनात्मक अभिव्यक्ति शब्दमा भन्दा चिन्ह मार्फत व्यक्त गर्ने प्रचलन व्यापक छ । जस्तै इमोजी ( 👍️💪😅 ) र छोटकरीमा hlo , um xa प्रयोग , दैनिक जिवनमा जबर्जस्त प्रयोगमा आएका तर विकल्प नहुने शब्दहरु जस्तै password, login , update ,like आदि को प्रयोग,विकल्प हुदा हुँदै पनि प्रयोग नगर्ने बानी परि सकेकाले जस्तै exam ko tayari ma bg xu .आदि। जस्ता शब्दले नेपाली भाषालाइ प्रत्यक्ष असर गरिरहेकै देखिन्छ ।

प्रबिधिको बिकाशले नेपाली भाषालाइ AI विश्व सङ्ग जोड्ने र नया शब्द थप्ने अवसर त दिएकोछ । तर अत्यधिक भाषिक निर्भरताले भाषिक शुद्धतामा कमि र सांस्कृतिक पहिचान कमजोर हुने उत्तिकै जब्बर देखिन्छ ।

नेपालको कानुनले सरकारी कामकाजमा नेपाली भाषाको प्रयोग गरिनेछ भनेको छ । यसले कानुनि बाधा पुर्याउने देखिन्छ । इम्बोस्ट नम्बर प्लेटको भाषा नै परिवर्तन गर्नु पर्ने भएकोले सवारि साधन संचालन निर्देसिका नै प्रभाबित हुन्छ । यसको असर ट्राफिक चिन्ह ,संकेत ,भाषा ,लिपि ,लोकल चालक र लाटा पैदल यात्रीमा पर्ने नै छ ।

प्रायः अङ्ग्रेजी अंक र अक्षरमा मात्र प्रयोग हुने भएकाले नेपाली भाषा र लिपिको प्रयोग घट्ने सम्भावना छ। सवारी चिन्न नेपाली लिपि (देवनागरी) भन्दा अङ्ग्रेजीलाई प्राथमिकता दिइनुले भाषिक आसमानता झल्काउँछ । यसले बिस्तारै नेपाली भाषाको प्रयोगमा कमि ल्याउने खतरा देखिन्छ । त्यसको प्रत्यक्ष असर सरकारी र कानुनी दस्ताबेजमा पर्नेछ ।

निष्कर्ष
इम्बोस्ट नम्बर प्लेट प्रणालीको प्रयोगले ट्राफिक व्यवस्थापन, सुरक्षा र डिजिटल आधुनिकता जस्ता केही सतहि फाइदा देखिए पनि भाषा र सांस्कृतिक पहिचानको दृष्टिले दीर्घकालीन असर र ब्यक्तिगत गोपनियतामा गम्भीर संकट ल्याउन सक्छ।साथै नेपाली लिपि र भाषाको प्रयोग घट्ने, सांस्कृतिक चिन्ह कमजोर हुने र नयाँ पुस्तामा भाषा–संस्कृति प्रति ज्ञान कम हुने खतरा छ।

सरकारी दस्तावेज, ट्राफिक संकेत, स्थानीय परिचालन र कानुनी प्रक्रिया पनि प्रभावित हुने देखिन्छ ।
प्राविधिक, आर्थिक र विदेशी निर्भरता सम्बन्धी चुनौतीहरूको समाधान र देबनागरिक लिपिको प्रयोग नभएसम्म नेपालमा यो प्रणाली लागू गर्नु ब्यबहारिक र दिगो हुँने देखिदैन ।

त्यसले इम्बोस्ट नम्बर प्लेट लागू गर्नु पुर्ब नेपाली भाषा लिपि ,स्वदेशी प्रबिधी र प्रारदर्सिता सुनिश्चित गर्नुपर्छ। यसरी मात्र यो प्रणाली राष्ट्रिय हित र आधुनिकताको सन्तुलनमा प्रभावकारी साबित हुन सक्छ।

लेखक – विमल सी

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन