विज्ञापन

साहारा लिम्बूको दोहोरो गोलमा नेपाल विजयी, भुटानलाई २–१ ले पराजित

विज्ञापन
Image
विज्ञापन

साहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित हात पारेको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा आज सम्पन्न खेलमा नेपालले घरेलु टोली भुटानलाई २–१ गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गर्‍यो। यससँगै दुई खेल खेलेको नेपालले तीन अङ्क जोडेको छ।

खेलको ४२औँ मिनेटमा भुटानकी कुन्डेन सोनाम शेगेलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाइन्। तर दोस्रो हाफमा नेपालले खेलमा फर्किँदै ५८औँ मिनेटमा साहारा लिम्बूले बराबरी गोल गरिन्।

त्यसपछि ७७औँ मिनेटमा फेरि लिम्बूले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन्। खेलको अन्तिमसम्म थप गोल नहुँदा नेपालले महत्वपूर्ण जित निकाल्यो।

यसअघि पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो भने भुटान लगातार दोस्रो हार चाख्यो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन