विज्ञापन

अत्तरियामा ‘एचएफसी’ चिकेन रेस्टुरेन्ट सञ्चालनमा

विज्ञापन
Image
विज्ञापन

अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा ‘एचएफसी’ चिकेन रेस्टुरेन्ट सञ्चालनमा आएको छ । विशेषतया कुखुरा मासु पारखीहरुलाई र विभिन्न परिकारका स्वादिष्ट भोजनको लागी ‘एचएफसी’ अत्तरिया बजारको धनगढी रोड (श्री कृष्ण मार्केट) मा सञ्चालनमा आएको हो ।

रेस्टुरेन्टको सोमबार गोदावरी नगरपालिका नगरप्रमुख विरेन्द्र भट्टले रिवन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात नगरप्रमुख विरेन्द्र भट्टले नगरक्षेत्रमा ठूला लगानीमा रेष्टुरेन्टहरु खुल्नु नगरका लागि सकारात्मक भएको बताउँदै यस रेष्टुरेन्टले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्रुयाउने अपेक्षा गरिएको बताए ।

उनले गोदावरी क्षेत्रकै समग्र विकासमा टेवा पुग्ने भएकाले साथै रोजगारी सृजना गर्न पनि सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै नगरबाट आवश्यक सहयोग गर्ने बताए । यस्तै रेस्टुरेन्ट सञ्चालक हेमराज नौन्यालले करिव डेढ करोड बढीको लगानीमा सञ्चालनमा ल्याईएको यस रेष्टुरेन्टमा केजीका हिसाबले कुखुराका विभिन्न स्वादिष्ट परिकारहरु खान सकिने व्यवस्था गरिएको बताए । उनले अत्तरियामा परिवारसहित बस्न मिल्ने रेष्टुरेन्टहरुको अभाव देखेर र ग्राहकहरुलाई केही फरक दिनुपर्छ भन्ने उद्देश्य लिएर आफूले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए ।

उनले आफ्नो कुखुराकै व्यवसाय समेत रहेकाले कुखुरालाई नै ब्रान्डिङका रुपमा अघि बढाएर आफ्नो ब्रान्डिङ गर्ने उद्देश्य रहेको बताए । उनले कुखुराका परिकारहरु सस्तो सुलभ रुपमा ग्राहकहरुलाई दिईने समेत बताए । ‘हामीले रेष्टुरेन्ट आर्कषक बनाएको भएपनि हेर्दा उच्चस्तरिय तर सुपथ मुल्यमा केजी सिस्टमको तरिकाले दिईनेछ’ उनले भने ।

सञ्चालक नौन्यालले रेस्टुरेन्टको मुख्य परिकार कुखुराको अचार रहेको बताउँदै रेष्टुरेन्टमा कुखुराको अचारका साथै चिकेन ससेज, चिकेन तन्दुरी, चिकेन क्रन्ची, चिकेन रोष्ट लगायतका कुखुराका परिकारहरु पनि पाईने उनले बताए । त्यसका साथै अन्य विभिन्न भेज, नन भेज नास्ताका परिकारहरु रेष्टुरेन्टमा उपलब्ध रहेको बताए । उनले एचएफसी रेष्टुरेन्टले ग्राहकहरुको धनगढी जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने विश्वास लिएको पनि बताए । यस्तै रेष्टुरेन्टमा १५०–२०० जना भन्दा बढी अटाउन सक्ने पार्टी प्यालेस उपलब्ध रहेको बताए ।

संचालक नौन्यालले रेस्टुरेन्टले होम डेलिभरी सेवा, क्रन्ची चिकेन, कुखुराको अचार, ग्रेवी विशेष, तन्दूरी तथा विविध रेसिपीहरू उपलब्ध गराएने बताए । उक्त रेष्टुरेन्टमा १५ जना व्यक्तिहरूले रोजगार अवसर प्राप्त गरेका छन् ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले उद्घाटन अवसरमा भन्नुभयो, “स्थानीय स्तरमै गुणस्तरीय खानपिन र मनोरञ्जनको सुविधा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। यसले यहाँको पर्यटन र व्यवसायिक गतिविधिलाई पनि थप प्रोत्साहन दिनेछ। हामी सबैले मिलेर अत्तरियालाई अझ आधुनिक र आकर्षक बनाउनेछौं।”

उनले आर्कषक र व्यवस्थीत तरिकाले सञ्चालनमा ल्याईएको सो रेष्टुरेन्टले आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई भित्र्याउने अपेक्षा लिएको बताए । नगरक्षेत्रभित्र भएकाले मात्रै नभई गोदावरी क्षेत्रमा रोजगारी सृजना समेत गरेकाले नगरबाट गर्न सकिने सहयोग आफूले गर्ने नगरप्रमुख भट्टको भनाई छ । उनले गौरा र तिजलाई लक्षित गरेर होटल व्यवसाय सञ्चालन गरेको भन्दै सफलताको शुभकामना दिए ।

तिज पर्वलाई लक्षित गर्दै सञ्चालनमा आएको यस सेवाले अत्तरियामा थप रौनक र सांस्कृतिक उत्साह ल्याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन