विज्ञापन

अत्तरियामा अपराध नियन्त्रणसँगै ७७ लाखभन्दा बढीको सामान बरामद, डिएस्पी चन्दले पुरा गरे सय दिन

विज्ञापन
Image
विज्ञापन

अत्तरियाः  कैलालीको अत्तरियामा इलाका प्रहरी कार्यालय मालाखेतीमा डिएस्पी रणबहादुर चन्द आएपछि अपराध नियन्त्रणसँगै अवैध सामान बरामद गर्ने कार्यमा उल्लेखनीय प्रगति भएको छ। उनले आज कार्यालयमा हाजिर भएको ठिक सय दिन पूरा भएको बताए।

बैशाख २२ गतेदेखि साउन मसान्तसम्म मात्रै १२५ वटा विभिन्न अपराधजन्य घटनाहरू दर्ता भएका छन् भने ती घटनामा संलग्न ९० जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अपराध विवरण

सो अवधिमा दर्ता भएका घटनामध्ये :

  • सार्वजनिक हित विरुद्धका कसूर – १८

  • लागुऔषध – १०

  • जबरजस्ती करणी – ७

  • जबरजस्ती करणी प्रयास – १

  • चेकजाली कसूर – ३३

  • सवारी दुर्घटना – ५

  • झुण्डिएर आत्महत्या – १५

  • बहुविवाह – ३

  • चोरी – १५

  • पानीमा डुबेर मृत्यु – ७

  • सामान्य मृत्यु – ५

  • विष सेवन गरी आ.ह. – २

  • आत्महत्या प्रयास – २

  • दुर्घटनाजन्य मृत्यु – १

  • मानव बेचबिखन तथा ओसारपसार – १

  • फुटकर घटना – २

  • ठगी – २

  • कर्तव्य ज्यान – १

  • ज्यान मार्ने उद्योग – १

  • जातीय विभेद तथा छुवाछूत – १

  • करेन्ट लागि अंगभंग – १

  • हातहतियार खरखजाना – २

यी घटनामा संलग्न ८० जना पुरुष र १० जना महिला गरी ९० जना पक्राउ परेका छन्।

बरामद सामान

सय दिनको अवधिमा प्रहरीले ठूलो परिमाणमा अवैध सामान समेत बरामद गरेको छ। जसअनुसार :

  1. मोबाइल डिस्प्ले तथा पार्टपुर्जा – रु. ४२,३७,५००

  2. सुट र कुर्ता – रु. ६०,५००

  3. कोट पाइन्टको कपडा – रु. २३,००,५००

  4. १६ टन फलाम – रु. ६,०८,५००

  5. कुर्ता, सुट, कट्टु र छाता – रु. ३४,३७,६००

  6. धोती, कुर्ती, साडी – रु. ५६,६६,५००

  7. ब्ल्याङ्केट, तन्ना – रु. ११,२१,५००

  8. सुट, साडी र मोटरसाइकल २ थान – रु. २,७०,७५०

जम्मा बरामद सामानको मूल्य करिब ७७ लाख २३ हजार रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएस्पी रणबहादुर चन्दका अनुसार प्रहरीको निरन्तर सक्रियताले अपराध नियन्त्रणसँगै अवैध सामान ओसारपसारमा पनि कमी आएको छ। उनले भने, “सय दिनमा अपराध नियन्त्रण, अनुसन्धान र निगरानीमा उल्लेखनीय प्रगति गरेका छौँ। समाजमा शान्ति–सुरक्षा कायम राख्न प्रहरी निरन्तर सक्रिय रहनेछ।”

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन